नेपाललाई उछिन्दै भारत शीर्ष स्थानमा
काठमाडौं। नेपाललाई उछिन्दै भारत १३औं दक्षिण एशियाली खेलकुद (साग) पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
भारत ३२ स्वर्णका साथ शीर्षस्थानमा छ भने नेपाल २९ स्वर्णका साथ दोस्रो स्थानमा छ।
त्यस्तै पाकिस्तान ९ स्वर्णका साथ तेस्रो स्थानमा छ।
श्रीलंका आठ स्वर्णका साथ चौथो, बंगलादेश चार स्वर्णका साथ पाँचौं र माल्दिभ्स एक स्वर्णका साथ छैटौं स्थानमा छ।
भुटानले भने स्वर्ण जोड्न सकेको छैन।
नेपालले आज ६ स्वर्ण पदक थप्यो।
तेक्वान्दोमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्यो। भारतले तीन र श्रीलंकाले एक स्वर्ण जित्यो ।
उसुमा नेपालले एक स्वर्ण र एक कांस्य जित्यो ।
साइक्लिङमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्य जित्यो।
एक किलोमिटर डाउनहिलको पुरुषतर्फ नेपालले स्वर्ण, रजत र कांस्य सबै पदक जित्यो भने सोही विधाको महिलातर्फ पनि नेपालले स्वर्ण र कांस्य पदक जित्यो।
अघिल्लो दुई दिन राम्रो सुरुआत गरेको करातेमा भने आज नेपालले राम्रो नतिजा निकाल्न सकेन।
करातेमा नेपालले एक स्वर्ण र ३ कांस्यमा चित्त बुझायो।
यससँगै करातेको सबै स्पर्धा सकिएको छ।
१९ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले १०, पाकिस्तानले ६ र बंगलादेशले तीन स्वर्ण पदक जिते।
खो–खोमा नेपाली महिला टोलीले ऐतिहासिक रजत पदक जित्यो।
नेपालको पुरुष टोली भने कांस्य पदकमै खुम्चियो।
खो–खोमा महिला र पुरुष दुवैतर्फ भारतले स्वर्ण पदक जित्यो। महिला र पुरुष दुवैतर्फ बंगलादेशले कांस्य जित्यो।
पाकिस्तान र श्रीलंकाको नाममा एक/एक स्वर्ण रह्यो। नेपालले १० हजार मिटरमा कास्य जित्यो।
अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली पुरुष फुटबल टोली श्रीलंकासँग १–१ को बराबरीमा रोकियो।
त्यस्तै महिला क्रिकेटका लागि पनि आज बिर्सनलायक प्रस्तुति रह्यो। नेपाल बंगलादेशसँग १० विकेटले पराजित भयो।
आज ट्रायथलनका सबै स्पर्धा सकिएको छ। पाँच स्वर्ण पदकका लागि १६ मंसीरबाट शुरू भएको ट्रायथलनमा नेपालले दुई स्वर्ण, तीन रजत र एक कांस्य पदक जित्यो। भारतले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्यो भने श्रीलंकाले एक स्वर्ण र तीन कांस्य पदक जित्यो।
लन टेनिसमा आज भारतले दुई स्वर्ण जित्यो। पाकिकस्तान र श्रीलंकाले एक/एक रजत जित्दा नेपालले दुई तथा भुटान र पाकिस्तानले एक/एक कांस्य जिते।
लन टेनिसमा नेपालले महिला र पुरुष टीम इभेन्टमा कांस्य पदक जितेको हो। सागमा लन टेनिसको टीम इभेन्टमा नेपालले कांस्य पदक जितेको यो पहिलो पटक हो।
टेबलटेनिसमा नेपाल र श्रीलंकाले पुरुष युगल र मिक्स डबल्स गरी समान तीन कांस्य पदक जिते। महिला र पुरुष युगल तथा मिक्स डबल्स गरी तीनै स्पर्धामा भारतले स्वर्ण र रजत पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्