वीर अस्पतालको अत्याधुनिक भवन सुनसान

काठमाडौं। वीर अस्पतालको सुविधासम्पन्न नयाँ भवन सुनसान छ।

उपचारका लागि तया पारिएको उपकरण पनि प्रयोगविहीन छन्।

जापान सरकारको सहयोगमा निर्माण गरेर जेठ २०७६ मा हस्तान्तरण गरिएको भवन सञ्चालनमा आएको छैन।

२०७२ सालको भूकम्पका कारण क्षति पुगेका दुई वटा भवनलाई हटाएर भवन बनाइएको थियो।

वीरमा आउने बिरामी शैया नपाएर निजी अस्पताल धाइरहेका छन् तर नयाँ भवन प्रयोगमा ल्याइएको छैन।

तीनतले भवनमा मुटु, मृर्गौला र ग्याँस्ट्रो विभाग राख्ने योजना बनाइएको थियो। विभागको बोर्डसमेत राखिसकिएको छ।

विशेषज्ञ सेवा दिन बेड र उपकरण पनि राखिएका छन्।

“डाक्टर अन्य जनशक्ति पर्याप्त छन्, नर्सिङ जनशक्ति ल्याउन सकिएको छैन’, अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने।

९४ बेडको यो भवन सञ्चालनमा आउन सके बिरामीले पाउने सास्ती कम हुने आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्