काठमाडौं। कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएपछि नेपालले आज १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई २ सय ३७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ज्ञानेन्द्रको १ सय ७ रनको मद्दतमा २३६ रन जोडेको हो। ५५ बलमा १ सय ७ रन बनाएपछि निर्धारित २० ओभरमा नेपालले ३ विकेट गुमाएर २ सय ३६ रन बनायो।
५५ बलमा ५ चौका र ९ छक्का प्रहार गरेका ज्ञानेन्द्रले पहिलो विकेटका लागि पारस खड्कासँग ५७ रनको साझेदारी गरेका थिए।
पारसले २८ बलमा ९ चौका र १ छक्कासहित ५७ रन बनाए। दीपेन्द्र सिंह ऐरी ४५ रनमा अविजित रहदाँ आरिफ शेख ४ रनमा अविजित रहे। भुटानका कर्मा दोर्जीले २ तथा तोपदेन सिंघेले १ विकेट लिए।