दाङको कपास उद्योगमा आगलागी, ६ लाखको क्षति

दाङ। दाङको एक कपास उद्योगमा आगो लाग्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

दाङ प्रहरीका अनुसार आज बिहान करीब १० बजे गढवा–६, थानदेउखुरीका हुर्मत यादवको कपास उद्योगमा कपडा पेल्ने क्रममा एक्कासि मेसिनमा आगो लागेको थियो।

आगलागीबाट मेसिन, घर र कपडाहरू जलेको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा लिइएको थियो।

मानवीय र चौपाया क्षति भने नभएको दाङ प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्