सर्वोच्चको न्यायाधीश बन्न न्याय परिषद् सदस्य पदम वैदिकको राजीनामा

काठमाडौं। न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति पाउन परिषद्को सदस्यबाट राजीनामा गरेका छन्।

वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन्। वैदिकले १८ मंसीरमा राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेको देखापढीलाई बताए।

१७ मंसीरमा बसेको न्याय परिषद्को बैठकमा उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने चर्चा भएको थियो।

सो बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई सर्वोच्च अदालतको न्यायाधीशका रुपमा बैठकमा ‘अनौपचारिक’ प्रस्ताव गरेका थिए।

तर, कानूनमन्त्री उपेन्द्र यादवकाे असहमतिका कारण याे विषय बैठककाे औपचारिक अजेण्डा बन्न सकेन।

न्याय परिषद् सदस्यकै रूपमा आफूलाई सर्वाेच्चकाे न्यायाधीश सिफारिस गर्न चाहेका वैदिक विवाद हुने देखेपछि राजीनामा गरेर न्यायाधीश पद सुनिश्चित गर्ने निर्णयमा पुगेका हुन्।

वैदिकलाइर् आजै सर्वाेच्चकाे न्यायाधीशमा सिफारिस गर्ने तयारी छ।

न्याय परिषद् सचिवालयका सूचना अधिकारी टेकनाथ गाैतमले आज दिउँसाे ३ बजे न्याय परिषद् बैठक बस्ने र बैठककाे अजेण्डा न्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने समेत रहेकाे देखापढीलाई जानकारी दिए।

वैदिक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकार हुँदा १९ कात्तिक २०७३ मा न्याय परिषद् सदस्य नियुक्त भएका थिए।

राष्ट्रपति कार्यालयद्वारा न्यायपरिषद् सदस्यको राजीनामाबारे जानकारी

राष्ट्रपति कार्यालयले न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले दिएको राजीनामाबारे सूचना जारी गरेको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा वैदिकले राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा पेस गरेको उल्लेख छ ।

“राष्ट्रपतिज्यू समक्ष न्याय परिषद‍्का सदस्य पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

पढ्नुहाेस्ः

आफैंलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न न्याय परिषद् सदस्यको जोडबल

प्रतिक्रिया दिनुहोस्