ज्ञानेन्द्रको शतकमा नेपालको कीर्तिमानी जित
काठमाडौं। कप्तान ज्ञानेन्द्र मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएको दिन नेपालले कीर्तिमानी विजय हासिल गरेको छ।

आज १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कमजोर टोली भुटानलाई १४१ रनले पराजित गरेको हो।

ज्ञानेन्द्रले ५५ बलमा १०७ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबभन्दा ठूलो स्कोर हो। यसअघि नेपालले १७३ रन बनाएको थियो।

२३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो नै सबभन्दा फराकिलो जित हो। यसअघि नेपालले बंगलादेशमा सम्पन्न २०१४ को ट्वान्टी–२० विश्वकपमा हङकङलाई ८० रनले पराजित गरेको थियो।

५५ बलमा ५ चौका र ९ छक्का प्रहार गरेका ज्ञानेन्द्रले पहिलो विकेटका लागि पारस खड्कासँग ५७ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्रले बनाएको १०७ रन नेपाली ब्याट्सम्यानले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबभन्दा धेरै रन हो। यसअघि पारसले सिंगापुरविरुद्ध अविजित १०६ रन बनाएका थिए।

भुटानविरुद्ध पारसले २८ बलमा ९ चौका र १ छक्कासहित ५७ रन बनाए। दीपेन्द्र सिंह ऐरी ४५ रनमा अविजित रहँदा आरिफ शेख ४ रनमा अविजित रहे।

भुटानका कर्मा दोर्जीले २ तथा तोपदेन सिंघेले १ विकेट लिए।

भुटानका रनजुङ मिक्यो दोर्जीले सबभन्दा २७ रन बनाए। सोनाम तोबगे १५ र तोबदेन सिङ्गेले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका पारस खड्काले २ विकेट लिँदा करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफको नाममा १/१ विकेट रह्यो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्