पाल्पामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु <p>पाल्पा। पाल्पामा जीप दुर्घटना हुँदा आज दुईजनाको मृत्यु भएको छ।</p> <p>तिनाउ गाउँपालिका&ndash;५, चौबीस माइलस्थित सिद्धार्थ राजमार्गमा बिहान ११ बजे लु १ ज ४२०९ नम्बरको जीप सडकबाट दुईसय मिटर तल खसेको हो।</p> <p>मृत्यु हुने दुवैजना पुरुष रहेको र उनीहरूको सनाखत हुन नसकेको प्रहरी प्रधान कार्यालयको सञ्चार कक्षले जानकारी दिएको छ।</p> <p>जीपमा कति यात्रु थिए भन्नेसमेत यकिन हुन सकेको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्