चितवन निकुञ्जः बगरमा गैँडाकाे खाग फेला

चितवन। चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारिसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ।

नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताए।

सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिए।

दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उनले त्यही गैँडाको खाग हुन सक्ने अनुमान गरिएको बताए।

बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्