बेइजिङ। चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो।
बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरूले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै, सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रूपमा ओसारपसार गर्ने तथा बिक्रीवितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ।
चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो। उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो। सो परीक्षणपछि पछिल्लोपटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशतसम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो।
त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो। बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रूपमा प्रयोगमा ल्याइने बताइएको छ। उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।
चीनमा अरू पनि केही खोपहरू परीक्षणमा रहेका बताइएको छ। अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन्।
सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो। क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधी र खोप पनि बनेका थिएनन्। यसका कारण विश्वका कैयौँ देशहरूले पनि कडा खालका प्रतिबन्धहरू लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए। सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ।
बिहीबार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो। चीनले गत जुलाइमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो। त्यसरी वितरण गरेका ती खोपहरूमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाख भन्दा बढी मात्रा खोपहरू वितरण गरिसकेको जनाएको छ।
यी सार्वजनिक रूपका वितरणहरूसमेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षको मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीहरूले जानकारी दिएका छन्।
रासस/सिन्ह्वा
" /> बेइजिङ। चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो।बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरूले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै, सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रूपमा ओसारपसार गर्ने तथा बिक्रीवितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ।

">