राष्ट्रपति कार्यालयद्वारा न्यायपरिषद् सदस्यको राजीनामाबारे जानकारी
<p>काठमाडाैं। राष्ट्रपति कार्यालयले न्यायपरिषद्का सदस्य पदमप्रसाद वैदिकले दिएको राजीनामाबारे सूचना जारी गरेको छ।</p>
<p>राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा वैदिकले राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा पेस गरेको उल्लेख छ ।</p>
<p>“राष्ट्रपतिज्यू समक्ष न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्यायपरिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।</p>
प्रतिक्रिया दिनुहोस्