काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत लक्ष्मी मगरले साइक्लिङमा नेपाललाई स्वर्ण पदक जिताएकी छिन्।
उनले आज महिला क्रसकन्ट्रीमा स्वर्ण पदक जितेकी हुन्। लक्ष्मीले ४ किलोमिटरको ४ वटा ल्याप १ घण्टा २० मिनेट २० सकेण्डमा पुरा गरिन्।
यस स्पर्धामा नेपालकै उषा खनालले रजत पदक जितिन्। उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा दूरी पुरा गरेकी थिइन्। भारतकी सोनाम प्रनिता प्रफुलले काश्य पदक जितिन्। प्रफुलले १ घण्टा ३६ मिनेट २९ सेकेण्डमा दूरी पुरा गरेकी थिइन्।
नेपालले १८ मंसीरमा डाउनहिलको महिला र पुरुषमा दुवैमा स्वर्ण पदक जितेको थियो। पुरुषमा राजेश मगरले स्वर्ण, निरभ श्रेष्ठले रजत र प्राचित थापा मगरले कांस्य पदक जितेका थिए।
महिलातर्फ रेश्मा श्रेष्ठले रजत र जमुना थापाले कांस्य पदक जितेका थिए।