काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गर्ने भएको छ।
१२औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरूलाई अवार्ड प्रदान गर्न लागिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
महासंघले आयोजना गर्ने अवार्ड वितरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य छ भने रिद्धि सिद्धि सिमेन्टले मुख्य प्रायोजन गरेको छ।
उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा क, ख, ग र घ वर्गको बेग्लाबेग्लै मूल्याङ्कनका आधारमा स्वर्ण, रजत र कांस्य गरी १२ वटा कम्पनी पुरस्कृत हुने महासंघले जनाएको छ।
त्यस्तै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म/कम्पनी प्रदेशगतरूपमा पुरस्कृत हुनेछन्।
विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित उत्कृष्ट काम गर्ने व्यवसायी र उत्कृष्ट प्रदेश निर्माण व्यवसायीलाई समेत सम्मान गरिने महासंघले जनाएको छ।
त्यस्तै निर्माण व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई ‘महासंघ गौरव सम्मान’ प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले बताए।
" /> काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गर्ने भएको छ।१२औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरूलाई अवार्ड प्रदान गर्न लागिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

">