प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं। शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

प्रधानमन्त्री ओलीको गत १० मंसीरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शल्यक्रियापछि प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्यलाभ गरेको र आजै दिउँसो ३ बजे डिस्चार्ज हुन लागेको देखापढीलाई बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुन लागेका प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी छन्।

प्रतिक्रिया दिनुहोस्