साइक्लिङमा नेपाललाई थप एक स्वर्ण
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत साइक्लिङको क्रसकन्ट्री पुरुषतर्फ पनि नेपालले स्वर्ण पदक जितेको छ।
बुद्धिबहादुर तामाङले स्वर्ण पदक जित्दा राजीव राईले रजत पदक जिते।
ओकेशराज बज्राचार्यले कांस्य पदक जिते।
आजै महिलातर्फ पनि नेपालले स्वर्ण पदक जितेको थियो।
लक्ष्मी मगरले महिलातर्फकाे क्रसकन्ट्रीमा स्वर्ण पदक जितेकी हुन्।
उनले ४ किलोमिटरको ४ वटा ल्याप १ घण्टा २० मिनेट २० सकेण्डमा पूरा गरिन्।
यस स्पर्धामा नेपालकै उषा खनालले रजत पदक जितिन्।
उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।
भारतकी सोनाम प्रनिता प्रफुलले कांस्य पदक जितिन्।
प्रफुलले १ घण्टा ३६ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।
नेपालले हिजाे डाउनहिलको महिला र पुरुषमा दुवैमा स्वर्ण पदक जितेको थियो।
पुरुषमा राजेश मगरले स्वर्ण, निरभ श्रेष्ठले रजत र प्राचित थापामगरले कांस्य पदक जितेका थिए।
महिलातर्फ रेश्मा श्रेष्ठले रजत र जमुना थापाले कांस्य जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्