नेकपा अध्यक्ष दाहालले भने- ‘कालापानीको विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु हुँदैन’

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले कालापानीको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु उचित नभएको बताएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दाहालले मिचिएको सीमा फिर्ता ल्याउनेबारे राजनीतिक र कूटनीतिक पहलबाट भारतलाई पत्र पठाइसकिएको जानकारी दिए।

“सरकारले सर्वदलीय र सर्वपक्षीय बैठकबाट राष्ट्रिय धारणा बनाई भारतलाई पत्र पठाएको छ,” दाहाल भन्छन्, “पत्रको जवाफ आएपछि मात्रै कसरी जाने भन्ने विषयमा छलफल हुन्छ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भारत सरकारसँग कूटनीतिक छलफल गरेर नेपालको भू–भाग फिर्ता ल्याइने बताए।

अर्को प्रसंगमा नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण आफू चीन भ्रमणमा नगएको स्पष्ट पारेका छन्।

“मेरो चीन भ्रमण कूटनीतिक कारणले रोकिएको होइन,” दाहाल भन्छन्, “प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण केही पर सरेको हो।”

२० मंसीरमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुन दाहाल धनगढी आएका हुन्।

प्रतिक्रिया दिनुहोस्