काठमाडौं। महिला फुटबलकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएकी छिन्।
१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले गोल संख्या ३६ पुर्याएकी हुन्। यससँगै उनी नेपाली महिला फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनिन्।
लमजुङकी २३ वर्षीया सावित्राले यसअघि किर्गिस्तानमा सम्पन्न नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा पूर्वकप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानसँग बराबरी गरेकी हुन्। ६ वर्षअघिसम्म पनि सावित्रा गुमनाम जस्तै थिइन्। उनको प्रतिभा लमजुङको पाच्चोक स्कुलको मैदानमा सीमित थियो। फुटबल खेल्न असाध्यै मन पराउने सावित्रा सानो हुँदा पनि पुरुषसँगै खेलिथन्। गाउँमा केटाहरूसँग फुटबल खेल्न झगडा गर्थिन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन थालेपछि त्यसमा भाग लिन थालिन्। साम्बा नामले चर्चित सावित्राले ०७१ सालतिर साथीहरू बटुलेर लमजुङको घलेगाउँमा फुटबल खेल्न गइन्। त्यही प्रतियोगिताबाट उनको करिअरले नयाँ मोड लियो। अरू सामान्य महिला खेलाडीभन्दा भिन्न देखिने, केटाजस्तै फुर्तिली सवित्राको प्रदर्शनले त्यहाँ रेफ्री बन्न पुगेका शुक्र लामाको ध्यान तान्यो।
दुई महिनापछि सावित्रालाई सशस्त्र प्रहरी बलबाट काठमाडौंमा खेल्ने निम्तो आयो। काठमाडौं आएर उनी सशस्त्र प्रहरी बल (एपीएफ)बाट खेल्न थालिन्। एपीएफमा जागिरे भएपछि उनको प्रतिभा फक्रने मौका पायो। त्यसपछि सावित्राले फुटबल करिअरमा फर्किएर हेर्नुपरेको छैन।
२०७१ सालमा काठमाडौं आएकी सावित्राले राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टोलीको ढोका खोलिन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाकिस्तान गएकी सावित्रालाई २०१४ को महिला साफ च्याम्पियनसिपबाट पाठ सिक्ने मौका बन्यो। धेरै समय बेन्चमा बिताएकी सावित्राले संकल्प गरिन्, “अब ‘प्लेइङ ११’ मा पर्न मिहिनेत गर्छु।”
दुई वर्षपछि दक्षिण एशियाली खेलकुद हुदासँम्म सावित्रा राष्ट्रिय टोलीको प्रमुख खेलाडी बनिसकेकी थिइन्। त्यही वर्ष सम्पन्न महिला साफ च्याम्पियनसिपको पहिलो खेलमै भुटानविरुद्ध ६ गोल गरेपछि सावित्राको चर्चा चुलियो। खेलाडी जीवनको छोटो यात्रामा उनले तीव्र फड्को मारिन्।
अहिले उनी महिला फुटबलमा सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउन सफल भइन्। उनले गत असारमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा महिला वर्ष खेलाडीको अवार्ड जितेकी थिइन्।
" /> काठमाडौं। महिला फुटबलकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएकी छिन्।

">