पौडीमा गौरिकालाई स्वर्ण

काठमाडौं। गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन्।

गौरिकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पौडीको २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन्।

व्यक्तिगत स्पर्धामा नेपालले पौडीमा स्वर्ण पदक जितेको यो पहिलो हो।

२०१४ मा सम्पन्न रियो ओलम्पिककाे कान्छी खेलाडीका रूपमा विश्वभर चर्चा कमाएकी गौरिकाले २ मिनेट ०५.०५ सेकेण्डमा दूरी पूरा गर्दै ऐतिहासिक स्वर्ण पदक जितेकी हुन्।

यसअघि आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, स्तुती सिंह र रुना प्रधानको टोलीले ४ गुणा १०० मिटर रिलेमा टीम इभेन्टमा स्वर्ण पदक जितेको थियो।

प्रतिक्रिया दिनुहोस्