बीबीसी। साउदी अरबले कतारको लागि छिट्टै स्थल र जल सीमा खुला गर्ने भएको छ। कुवेत सरकारले यसको घोषणा गरेको हो।
साउदी अरबले साढे तीन वर्षदेखि कतारमाथि नाकाबन्दी लगाउँदै आएको थियो भने कुवेतले दुवै देशबीच मध्यस्थताको भूमिका खेलेको थियो।
कुवेतको यो घोषणालाई मध्यपूर्वको ‘ठूलो घटना’ को संज्ञा दिइएको छ। किनकि, कतारको सबै छिमेकी देशसँग विवाद रहेको छ।
कतारमाथिको नाकाबन्दी हटाउने फैसला साउदी अरबले मंगलबार हुने गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)को सम्मेलनमा लिने जनाइएको छ।
कतारका छिमेकी साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै साढे तीन वर्षअघि नाकाबन्दी गरेका थिए। साढे तीन वर्षदेखि कतारलाई घेराबन्दी गरिएको थियो। कतारले भने नाकाबन्दीको डटेर सामाना गरेको थियो।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार साउदी र कतारबीचको विवाद समाप्त गर्न एक सम्झौतामा हस्ताक्षरसमेत हुनेछ।

कतार खाडीको सानो र धनी राष्ट्र हो। अतिवादी जिहादीलाई सहयोग गर्दै आएको भन्ने उसमाथि लाग्दै आएको आरोप कतारले अस्वीकार गर्दै आएको छ।
नाकाबन्दी हटाउनुको अर्थ के हो?
निकै लामो परामर्श र कूटनीतिक छलफलपछि कतारमाथि लगाइएको नाकाबन्दी हटाउने निष्कर्षमा साउदी अरब पुगेको हो। यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका कुवेतले खेलेको छ।
साउदी-कतार तनावलाई ह्वाइट हाउसलेसमेत विशेष रूचिका साथ हेरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो कार्यकाल समाप्त हुनुअघि यो विवादलाई समाधान गर्न चाहन्थे।
साढे तीन वर्षदेखि कतारमाथि गरिएको घेराबन्दी कतारको अर्थव्यवस्था र खाडी एकता दुवैमाथि महँगो परेको थियो। साउदीले नाकाबन्दी हटाए पनि कतारका जनताले भने छिट्टै उक्त चोटलाई भुल्न सक्ने छैनन् र माफी पनि दिने छैनन्। सबै छिमेकी मिलेर ढाडमा छुरा प्रहार गरेको घटना सजिलै भुल्ने खालको पनि छैन।
युएईले कतारमाथि अझै खुलेर विश्वास गर्न सकेको छैन। कुनै पनि बेला कतारले बाटो फेर्न सक्नेमा युएईलाई शंका छ। मुस्लिम ब्रदरहुडसँग युएईको राजपरिवार डराइरहेको छ। मुस्लिम ब्रदरहुडलाई कतारले सघाइरहेको छ भन्ने शंका युएईको छ।
कुवेतको अलावा कतार र साउदीलाई मिलाउन अमेरिकाले विशेष भूमिका खेलेको छ। एक वरिष्ठ अधिकारीका अनुसार मंगलबार हुने सम्झौता कार्यक्रममा राष्ट्रपति ट्रम्पका ज्वाँइ तथा वरिष्ठ सल्लाहकार जैरेड कश्नर पनि उपस्थित हुनेछन्।
साउदीलगायतका देशको नाकाबन्दीका कारण साढे तीन वर्षको अवधिमा कतारको मित्रता टर्की र इरानसँग बढेको छ। साउदी अरबले टर्की र इरानलाई आफ्नो वैचारिक दुश्मन मान्दै आएको छ। यी सबै कारण साउदीलाई कतारसँग मिल्नुको विकल्प रहेन र नाकाबन्दी हटाउने निर्णयमा पुग्यो।
अहिलेसम्म के-के भयो?
कतारमाथि लगाइएको नाकाबन्दी हटाउने घोषणा कुवेतका विदेशमन्त्री अहमद नसर अल-सबहले टेलिभिजनमार्फत गरेका थिए।
नाकाबन्दी सुरू गरेदेखि नै कुवेतले कतार र साउदीलाई मिलाउने प्रयास गर्दै आएको थियो। अन्ततः उसको प्रयास सफल भएको छ। यो बीचमा केही समझदारीपत्रहरूमा हस्ताक्षर भएका छन्।

कतारका अमीर तमीम बिन हमद अलथानीले साउदी अरबका राजा सलमानले सम्मेलनमा सहभागी हुन दिएको निमन्त्रणालाई स्वीकार गरेका छन्।
प्राध्यापक एलन फ्रामहर्जका अनुसार शेख हमदले स्वतन्त्र विदेश नीति अँगालेपछि दुई देशबीच तनाव बढ्न थालेको थियो।
सन् २०१७ देखि छिमेकी राष्ट्रहरूले कतारमाथि नाकाबन्दी लगाएका थिए। त्यतिबेला कतारका अमीरले जुन देशमा कतारी जनतालाई प्रवेश दिइँदैन ती देशको भ्रमण नगर्ने घोषणा गरेका थिए।
कतारसँग किन रिसाएको थियो साउदी?
सन् १९९५ बाट साउदी अरब कतारसँग रिसाएको थियो। शेख हमद सत्तामा आएपछि कतार र सादउीबीचको सम्बन्धमा चिसोपना बढेको थियो।

शेख हमदले बाँकी विश्वका मानिसहरूलाई कतारमा प्रवेश खुला गरिदिए। उनी कतारको छिटोभन्दा छिटो विकास गर्न चाहन्थे। उनले यसको लागि नयाँ परियोजनाहरू सुरू गरे, सैनिक अखडा बनाए र राम्रा कलेज तथा विश्वविद्यालय खोले।
“शेख हमद कतारलाई अरब देशको सांस्कृतिक केन्द्र बनाउन चाहन्थे। उनी कतारका जनता सबै शिक्षित होउन् भन्ने चाहन्थे,” प्राध्यापक मेहरान कमरावले बताए।
यीनै उद्देश्य पूरा गर्न कतारले अलजजिरा समाचार च्यानल सुरू गर्यो। अलजजिराले कतारको विकासलाई विश्वसामु पुर्यायो। अलजजिरा आउनुअघि अरबका जनतालाई सूचना प्राप्त गर्ने माध्यम पर्याप्त थिएनन्। अरबमा सूचनाको प्यास मेटाउने कार्य अलजजिराले गर्यो।
कतारले विश्वस्तरको एयरलाइन्स ‘कतार एयरवेज’ सुरूआत गर्यो। यसले कतारलाई विश्वसामु अझ बढी चिनायो। कतारले विश्वस्तरको संग्रहालय पनि निर्माण गर्यो। विश्वस्तरका रंगशाला निर्माण गर्यो र गरिरहेको छ, जहाँ ठूला खेल आयोजना हुँदै आएका छन्।
कतारले सन् २०२२ को फिफा फुटबल विश्वकपको आयोजना गर्दै छ। यी सबै उडान सामान्य थिएनन्।
" /> बीबीसी। साउदी अरबले कतारको लागि छिट्टै स्थल र जल सीमा खुला गर्ने भएको छ। कुवेत सरकारले यसको घोषणा गरेको हो।कुवेतको यो घोषणालाई मध्यपूर्वको ‘ठूलो घटना’ को संज्ञा दिइएको छ। किनकि, कतारको सबै छिमेकी देशसँग विवाद रहेको छ।

">