भारोत्तोलनमा नेपाललाई पहिलो कांस्य
पोखरा। नेपालकी संगीता राईले १३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कांस्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

पोखरा–१२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा आजदेखि शुरू प्रतियोगितामा उनले ४५ किलो तौल समूहमा १२७ किलो भारवहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन्।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कूल १२७ किलो भार वहन गरेकी हुन्।

यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ किलोको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ किलो भार वहन गर्दै स्वर्ण जितिन्।

श्रीलंकाकी सीमारी सामाराकुलले १३९ किलो भार वहन गर्दै रजत जितिन्।

श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ किलो भारवहन गरेकी हुन्।

यसैगरी ४९ किलो महिलातर्फ भारतले स्वर्ण जित्यो। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कांस्य जितेको छ।

भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कूल १५७ किलो भार वहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन्।

हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कूल १५५ किलो भार वहन गर्दै रजतमा सीमित भइन्।

बंगलादेशकी मोला सविराले १३० किलो भार वहन गर्दै कांस्यमा चित्त बुझाइन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ किलो भार वहन गरेकी हुन्।

विजयीलाई आज नै पदक हस्तान्तरण गरिएको छ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ।

भुटानको यो पहिलो सहभागिता हो। महिला र पुरुषतर्फ १०–१० तौल समूहमा प्रतिष्पर्धा हुनेछ।

आज नै पुरुषतर्फ ५५, ६१ किलो तथा महिलातर्फ ५५, ५९ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्