सावित्राको ह्याट्रिकमा नेपाल फाइनलमा
काठमाडौं। सावित्रा भण्डारीले कीर्तिमानी गोल गर्दै ह्याट्रिक गरेको दिन नेपालले आज माल्दिभ्सलाई ३–० ले हराउँदै १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा नेपालको जितमा तीनै गोल सावित्राले गरिन्।

१६औं मिनेटमा सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन्।

उक्त गोलसँगै सावित्रा नेपाली फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनिन्।

उनी ३६ गोल गर्दै पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन्।

२१औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन्। सावित्राले 'इन्जुरी' समयमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरिन्।

जितसँगै नेपाल एक खेल अगावै फाइनल पुगेको हो।

राउण्ड रोबिन लिग पद्धतिअनुसार भएको खेलमा नेपालले ६ अंक जोडेको छ।

नेपालले अब लिग चरणको अन्तिम खेल भारतविरुद्ध २१ मंसीरमा खेल्नेछ।

भारतले फाइनलमा स्थान बनाइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्