काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२० पर्यटन वर्षको रूपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रूपमा विकास गर्ने योजनासहित मनाउन लागिएको जानकारी दिएका छन्।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरूसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै अबको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन्।
उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताए। त्यसका लागि सबै राजनीतिक दलहरूलाई आफ्ना नेता, कार्यकर्ता, विदेशस्थित् निकायहरूलाई परिचालन गर्न आग्रह पनि गरे।
उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए। उनले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई मन्त्रालयले अवैतनिक स्वयंसेवकको रूपमा क्रियाशील बनाउन सक्ने बताए।
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रूपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले सरकारलाई पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जोड दिन समेत सुझाव दिए।
कार्यक्रममा मन्त्री भट्टराईले २०२० को जनवरी १ मा काठमाडौंसहित सातै प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारिक शुरूआत गर्न लागिएको समेत जानकारी दिए।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२० पर्यटन वर्षको रूपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रूपमा विकास गर्ने योजनासहित मनाउन लागिएको जानकारी दिएका छन्।नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरूसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै अबको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन्।

">