काठमाडौं। न्याय परिषद्को सदस्यबाट राजीनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने भन्दै बसेको परिषद् बैठक सकिएको छ।
आजको बैठकमा पनि उनलाई न्यायाधीशमा नियुक्त गर्ने निर्णय हुन सकेन। न्यायाधीशमा नियुक्तिकै लागि उनले हिजो, १८ मंसीरमा परिषद्को सदस्यबाट राजीनामा दिएका थिए।
आजको बैठकमा उनको नियुक्तिकै विषयलाई मुख्य अजेन्डा बनाइएको भए पनि बैठकमा विवाद भएपछि उनको नियुक्ति हुन सकेन।
न्यायपरिषद् सचिवालयका सूचना अधिकारी टेकनाथ गौतमले बैठकले एकजना न्यायाधीशको सरुवा गर्ने बाहेक अन्य कुनै निर्णय नगरेको जानकारी देखापढीलाई दिए। उनका अनुसार डोल्पा जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश बाबुकाजी बानियाको कैलाली जिल्ला अदालतमा सरुवा गरिएको छ।
वैदिकलाई न्यायाधीशमा नियुक्त गर्न लागिएको विषयमा नेपाल बारसहित अन्य निकायले आपत्ति जनाएपछि परिषद्को बैठकले निर्णय गर्न सकेन।
१७ मंसीरमा बसेको न्यायपरिषद्को बैठकमा उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने चर्चा भएको थियो।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा बैठकमा ‘अनौपचारिक’ प्रस्ताव गरेका थिए।
वैदिक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा १९ कात्तिक २०७३ मा न्याय परिषद् सदस्य नियुक्त भएका थिए।
पढ्नुहोस्
न्याय परिषद् सदस्य नै न्यायाधीश बन्ने जोडबलप्रति बारको आपत्ति
सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद् सदस्य पदम वैदिकको राजीनामा
आफैंलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न न्यायपरिषद् सदस्यको जोडबल