काठमाडौं। दक्षिण एशियाली खेलकुद(साग)को १३औं संस्करणमा एथ्लेटिक्सको तेस्रो दिन आज श्रीलंकाले ४ स्वर्ण पदक जित्दा नेपाल पदकविहीन बन्यो।
श्रीलंकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेको हो। पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण पदक जिते।
पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु र महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारुले निर्धारित दूरी १५.६० सकेडमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु नै नेपालको उपलब्धी रह्यो।
पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मदनाइमले निर्धारित दूरी १४.३० सकेन्डमा पुरा गर्दैै स्वर्ण पदक जित्दा भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा रन पुरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेण्डमा रन पुरा गर्दै कांस्य पदक जिते। सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पुरा गर्न १६.३९ सेकेण्ड लगाए।
महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण पदक जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कांस्य पदक जितिन्। सुगन्धले निर्धारित दूरी पुरा गर्न १३.६८ सकेण्ड खर्चदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेण्डमा रन पुरा गरे।
महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो। ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्वर्ण पदक जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण पदक जिते।
महिलातर्फ स्वर्ण पदक जित्ने क्रममा महिसाले निर्धारित दूरी ५३.४० सेकेण्डमा पुरा गरिन्। विधामा रजत र कांस्य पदक जितेकी भारतकी प्रिया हब्बाथान र पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दूरी क्रमशः ५४.३१ र ५४.५८ सकेण्डमा रन पुरा गरिन्।
पुरुषतर्फ दर्शणाले निर्धारित दूरी ४६.६९ सकेण्डमा पुरा गर्दा रजत पदक जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कास्य विजेता जेदवनकारेकोपले ४७.४२ सकेण्डमा पुरा गरे।
आजै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण पदक र श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्पगर्दै कास्य पदक जितिन्। छैठौं स्थानमा बसेकी नेपालकी सिलाचौधरीले ११.०६ मिटर जम्प गरिन्।
यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्पगर्दै रजत पदक जिते। श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कांस्य पदक जिते। नेपालका भुवन महतोले १३.५३ को जम्पका साथ अन्तिम स्थानमा रहे।
" /> काठमाडौं। दक्षिण एशियाली खेलकुद(साग)को १३औं संस्करणमा एथ्लेटिक्सको तेस्रो दिन आज श्रीलंकाले ४ स्वर्ण पदक जित्दा नेपाल पदकविहीन बन्यो।श्रीलंकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेको हो। पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण पदक जिते।

">