हेटौँडा। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका प्रमुख छिटालाबीच आज भेटवार्ता भएको छ। भेटमा प्रदेश-३ सरकार र तिब्बत सरकारबीच सहकार्य गर्न सकिने विषयका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
उनका अनुसार शिष्टाचार भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका विकास निर्माणका कार्यहरू नेपालका लागि सिकाइ हुने बताए। तिब्बतसँग नेपालको सिमाना जोडिएकाले त्यहाँको विकासबाट पनि नेपालले फाइदा लिन सक्ने उनको भनाइ थियो।
यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गत सहयोगसम्बन्धी समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जालअन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा सञ्चार क्षेत्रमा भएको विभिन्न समझदारीको उनले प्रशंसा गरे।
रसुवागढी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति कार्य शुरू भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाडाैं रेलमार्ग, एवं रसुवागढी–काठमाडाैं सुरुङ मार्ग सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी भएको खुशी व्यक्त गरे। यसैगरी तातोपानी–जाङ्गमु सीमा नाका पुनः सञ्चालन गर्न तिब्बतको सहयोगको पनि उनले प्रशंसा गरे। कोरला–लिजी नाका खोल्ने सहमति भएको भन्दै थप नयाँ नाकाहरू हिल्सा–बुराङ्ग तथा किमाथाँका–छेन्ताङ्ग खोल्न सके दुवै मुलुकलाई फाइदा हुने उनको भनाइ थियो। नेपाल र चीनबीच रहेको व्यापार घाटा न्यूनीकरण गर्न नेपालका निर्यातयोग्य वस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरे।
यसैगरी वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण वर्षको घोषणा गरेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले चीन तथा तिब्बत सरकारलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गराउन आग्रह पनि गरे।
भेटवार्ताका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीच पुरानो सम्बन्ध रहेको भन्दै नेपालमा कृषि, पर्यटन, जलविद्युत्, सडकका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। नेपालले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो। उनले केही समय अगाडि चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणमा भएका सम्झौतालाई तिब्बत सरकारले पनि सँगै लैजाने प्रतिवद्धता जनाए। रासस
" /> हेटौँडा। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका प्रमुख छिटालाबीच आज भेटवार्ता भएको छ। भेटमा प्रदेश-३ सरकार र तिब्बत सरकारबीच सहकार्य गर्न सकिने विषयका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।उनका अनुसार शिष्टाचार भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका विकास निर्माणका कार्यहरू नेपालका लागि सिकाइ हुने बताए। तिब्बतसँग नेपालको सिमाना जोडिएकाले त्यहाँको विकासबाट पनि नेपालले फाइदा लिन सक्ने उनको भनाइ थियो।

">