इञ्जिनियरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन
<p>काठमाडाैं। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन दिएकाे छ।</p>
<p>समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वयात्मक छलफल गर्न निर्देशन दिएको हाे।</p>
<p>समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आज बसेको बैठकले उक्त परिषद्लाई समयानुकूल परिमार्जिन तथा इञ्जिनियरिङ शिक्षालाई व्यवस्थित र थप व्यावसायिक बनाउनका लागि ऐन संशोधन गर्न उक्त निर्देशन दिएको हो।</p>
<p>तीनवटा मन्त्रालयको छलफलपछि आउने निष्कर्ष तथा प्रतिवेदनमाथि थप छलफल गर्न समितिको बैठक यही २३ मंसीरमा पुनः बस्ने निर्णय भएको सभापति गुरुङले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्