काठमाडौं। भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई ३०.६ करोड रूपैयाँ प्रदान गरेको छ। शैक्षिक संस्था पुनर्निर्माणका लागि भारतले जनाएको सहयोग प्रतिबद्धताअन्तर्गत सोधभर्नाबापत उक्त रकम उपलब्ध गराइएको हो।
काठमाडौंस्थित भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।
नेपालमा भूकम्प प्रभावित शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि उक्त रकम दिइएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त चेक हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई ८१.९८ करोड रकम सोधभर्ना उपलब्ध गराएको छ।
“नेपालमा शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनलगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ,” दूतावासले भनेको छ।
यी परियोजनाहरू गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन्। गोरखामा तीन र नुवाकोटमा पाँचवटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरू निर्माणाधीन अवस्थामा रहेकोमा सातवटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन्।
गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ। यस्तै १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ।
त्यस्तै आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि अर्को ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ। आवास क्षेत्रका परियोजनाहरू लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरू विभिन्न चरणमा द्रूतरूपमा अघि बढिरहेका छन्।
" /> काठमाडौं। भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई ३०.६ करोड रूपैयाँ प्रदान गरेको छ। शैक्षिक संस्था पुनर्निर्माणका लागि भारतले जनाएको सहयोग प्रतिबद्धताअन्तर्गत सोधभर्नाबापत उक्त रकम उपलब्ध गराइएको हो।काठमाडौंस्थित भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

">