काठमाडौं। छिमेकी भारतमा कोरोनाको रफ्तार कमजोर हुन थालेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार तीन सय ४६ नयाँ पोजिटिभ फेला परेको थियो। भारतमा संक्रमित हुनेको संख्या एक करोड तीन लाख ९५ हजार नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ८ बजे सार्वजनिक गरेको आँकडा अनुसार करोडभन्दा बढी मानिसले कोरोना जितेका छन्।
सोही समयमा मृत्यु हुनेको संख्या २२२ पुगेको छ, कोरोनाका कारण ज्यान गुमाउने डेढ लाख नाघेका छन्। भारतमा कोरोना ठीक हुने ९६ प्रतिशतभन्दा बढी छ। मृत्युदर १.४५ प्रतिशत रहेको छ।
भारतमा निरन्तर १७ दिनदेखि कोरोना पीडितको संख्या तीन लाखभन्दा कम हुन पुगेको छ। अहिले दुई लाख २८ हजारजतिको भाइरस संक्रमणको उपचार भइरहेको छ। यो संख्या कुल संक्रमितको २.१९ प्रतिशत हो।
भारतमा गत अगस्त ७ मा संक्रमितको संख्या २० लाख, अगस्ट २३ मा ३० लाख तथा सेप्टेम्बर ५ मा ४० लाख नाघेको थियो। भारतीय आयुर्विज्ञान परिषद्का अनुसार त्यहाँ जनवरी ६ सम्म १७ करोड ८४ लाख नमूना परीक्षण गरिएको थियो। त्यसमध्ये बुधबारमात्रै नौ लाख ३७ हजारभन्दा बढीको जाँच गरिएको थियो।
भारतको पछिल्लो आँकडाले छिमेकी नेपाललगायतका देशमा कोरोनाको त्रास क्रमशः कम हुँदै जाने अवस्था देखिएको छ। घना आवादीका साथै खुल्ला सिमानका कारण भारतमा संक्रमित बढ्दा नेपालमा चिन्ता थपिएको थियो।
भारतले आफ्ना नागरिकलाई भ्याक्सिनसमेत लगाउन थालिसकेकाले संक्रमण उकालो नचढ्ने विश्वास गरिएको छ।
" /> काठमाडौं। छिमेकी भारतमा कोरोनाको रफ्तार कमजोर हुन थालेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार तीन सय ४६ नयाँ पोजिटिभ फेला परेको थियो। भारतमा संक्रमित हुनेको संख्या एक करोड तीन लाख ९५ हजार नाघेको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ८ बजे सार्वजनिक गरेको आँकडा अनुसार करोडभन्दा बढी मानिसले कोरोना जितेका छन्।

">