काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा पाँचौं दिन नेपालका लागि धेरै अर्थमा सम्झनलायक रह्यो।
आज नेपालले साग इतिहासमा स्वर्ण पदकको कीर्तिमान भङ्ग गर्दा गौरिका सिंहले पौडीको व्यक्तिगत स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितिन्। त्यस्तै भारोत्तोलनमा सञ्जु चौधरीले महिलातर्फ पहिलो स्वर्ण पदक हात पारिन्।
उसुमा निमा घर्तिमगरले पनि ऐतिहासिक सफलता हात पारिन्। निमा सागको उसुमा लगातार दुई स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्।
निमाको ऐतिहासिक सफलताबाट शुरू भएको पाँचौं दिन नेपालले पदक तालिकामा ७ स्वर्ण थप्यो। यससँगै नेपालको स्वर्ण पदक संख्या ३४ पुगेको छ। नेपालले सागको एकै संस्करणमा यसअघि सबभन्दा धेरै ३१ स्वर्ण पदक जितेको थियो।
साइक्लिङमा बुद्धिबहादुर तामाङले क्रसकन्ट्रीमा स्वर्ण पदक जितेसँगै नेपालले आठौं सागमा जितेको सबभन्दा धेरै स्वर्णको कीर्तिमान तोड्यो। साइक्लिङको क्रसकन्ट्रीमा नेपालले स्वर्ण, रजत र कांस्य तीनै पदक जितेको थियो। क्रसकन्ट्रीको महिलातर्फ पनि नेपालकी लक्ष्मी मगरले स्वर्ण र उषा खनालले रजत पदक जिते।
गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन्। पौडीमा यसअघि आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, स्तुती सिंह र रुना प्रधानको टोलीले ४ गुणा १०० मिटर रिलेमा टीम इभेन्टमा स्वर्ण पदक जितेको थियो।
गौरिका सिंहले महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा पनि कांस्य पदक जितिन्। रिलेमा गौरिकासँगै टीममा डुवाना लामा, टिसा शाक्य र अनुशिया तन्डुकार थिए। डुवानाले २ सय मिटर ब्रेष्टस्ट्रोकमा रजत पदक जितिन्। यस विधामा भारतकी अपेक्षा फर्नान्डेजले स्वर्ण पदक जितिन्।
आजदेखि शुरू पौडीमा भारतले ४ स्वर्ण, ६ रजत र १ कांस्य गरी कूल ११ पदक जित्यो। श्रीलंकाले ३ स्वर्ण, १ रजत र ३ कांस्य गरी कूल ७ पदक जित्यो। नेपालले १ स्वर्ण, १ रजत र १ कांस्य गरी कूल ३ पदक जित्यो। पौडीमा नेपालको पाँच राष्ट्रिय कीर्तिमान बन्यो।
महिला खेलाडीले खुशी दिएको दिन आज सावित्रा भण्डारी महिला फुटबलमा अर्को इतिहास रच्च सफल भइन्। सावित्रा नेपाली महिला फुटबला सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनिन्। उनले पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान भङ्ग गरिन्।
उसुको अन्तिम दिन भारतको दबदबा रहँदा नेपालकी जुनी राईले स्वर्ण पदक जितिन्। जुनीले महिलाको सान्सो ५६ किलो तौलसमूहमा स्वर्ण पदक जितेकी हुन्।
पोखरा रंगशालमा सम्पन्न खेलमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले माल्दिभ्सलाई ३–० को नतिजामा हरायो। यससँगै सावित्राको गोलसंख्या ३८ पुगेको छ।
पुरुष क्रिकेटमा पनि आज सुखद रह्यो। नेपालले भुटानमाथि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी १ सय ४१ रनको विजय हासिल ग¥यो। नेपालले यसअघि २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा हङकङलाई ८० रनले पराजित गरेको थियो।
कप्तान ज्ञानेन्द्र मल्लले टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक बनाए। यससँगै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा सबभन्दा धेरै रन बनाउने खेलाडी बने। ज्ञानेन्द्रले १ सय ७ रन बनाए। यसअघि पारस खड्काले सिंगापुरविरुद्ध सबभन्दा धेरै अविजित १ सय ६ रन बनाएका थिए।
आश गरिएको तेक्वान्दोमा भने नेपालका लागि सुखद हुन सकेन। तेक्वान्दोको ६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नोपलले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्यो। नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक जित्दा किरणबहादुर आले, मनिता शाही, अप्सरा कार्कीले रजत, गोविन्दबहादुर आले, युनिसा राईले कांस्य जिते। भारतले ३ र पाकिस्तानले २ स्वर्ण पदक जिते। तेक्वान्दोको सबै स्पर्धा सकिदा नेपालले कूल १२ स्वर्ण पदक जित्यो।
सुटिङमा आज पनि भारतको दबदबा कायमै रह्यो। भारतले ४ स्वर्ण, २ रजत, १ कांस्य गरी कूल ७ पदक जित्यो। बंगलादेशलले २ रजत, १ कांस्य, पाकिस्तानले १ रजत पदक जित्यो। श्रीलंकाले पनि १ कांस्य पदक जित्यो।
१६ मंसीरदेखि शुरू भएको एथलेटिक्समा भारतको दबदबालाई तोड्दै आज श्रीलंकाले ४ स्वर्ण पदक जित्यो। नेपाल भने पदकविहीन बन्यो। भारत र पाकिस्तानले १÷१ स्वर्ण पदक जिते।
आजै शुरू बास्केटबलमा पुरुषतर्फ नेपालले बंगलादेशलाई ६७–६१ को स्कोरमा नतिजा सुम्पिदा नेपाली महिला टोलीले भने बंगलादेशलाई ९२–५ को स्कोरमा हरायो।
" /> काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा पाँचौं दिन नेपालका लागि धेरै अर्थमा सम्झनलायक रह्यो।आज नेपालले साग इतिहासमा स्वर्ण पदकको कीर्तिमान भङ्ग गर्दा गौरिका सिंहले पौडीको व्यक्तिगत स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितिन्। त्यस्तै भारोत्तोलनमा सञ्जु चौधरीले महिलातर्फ पहिलो स्वर्ण पदक हात पारिन्।

">