पोखरा। उपनिर्वाचनमा बागलुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम उनलाई शपथ गराए। १४ मंसीरमा सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट शाही निर्वाचित भएका थिए।
उक्त क्षेत्रबाट यसअघि निर्वाचित टेकबहादुर घर्तीमगरको २७ मंसीर २०७५ मा जण्डिसका कारण उपचाररत रहेकै अवस्थामा निधन भएको थियो। उपचुनावमा जनमाेर्चाका शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका थिए।
उनले कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतको अन्तरले पराजित गरे। शेरचनले नौ हजार १३८ मत ल्याए।
शपथग्रहणपश्चात् शाहीले जनताको समस्या संसद्मा उठान गर्नुका साथै नीति निर्माणमा सक्दो भूमिका खेल्ने बताए। रासस