सकारात्मक हुन अमेरिकी आग्रह
<p>काठमाडौं। अमेरिकाले नेपाललाई इन्डो-प्यासिफिक (आईपी) नीतिमा सकारात्मक हुन आग्रह गरेको छ। यो कुनै रणनीति नभई अमेरिकाको आफ्नै नीति भएको भन्दै अमेरिकाले नेपाललाई अन्योल हटाउन आग्रह गरेको छ।</p>
<p>एशिया-प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल,पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग १९ मंसीरमा गरेको छुट्टाछुट्टै भेटमा आईपी कानुनी शासन, खुलापन, स्वतन्त्रता र विधिको शासनसँग सम्बन्धित रहेको बताए।</p>
<p>उनले ठूला मुलुकबाट साना मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सभ्मव नभएको स्पष्ट पारेको पनि आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ।</p>
प्रतिक्रिया दिनुहोस्