काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क संसारकै धनाढ्य व्यक्ति बनेका छन्। उनले यसअघि विश्वको धनाढ्य व्यक्तिको सूचीमा रहेका अमेजनका संस्थापक जेफ बेजोसलाई पछाडि पारेका हुन्।
नव धनाढ्य मस्कको कुल नेटवर्थ १८८ विलियन अमेरिकी डलरभन्दा पनि बढी छ। खासगरी, पछिल्लो समय टेस्ला कम्पनीको सेयर मूल्यमा निरन्तर उछाल आउँदा मस्क नवधनाढ्यको रूपमा उदाएका हुन्।
टेस्लाले पछिल्लो समय विद्युतीय कार बनाउनतर्फ जोड दिएको छ। गत वर्षमात्रै टेस्लाले पाँच लाखभन्दा बढी विद्युतीय कार बिक्री गरेको समाचार आएको थियो।
विश्वभरका मानिसहरूलाई २०२० पीडादायी बन्दा मस्कका लागि भने सुखद बनेको हो। एक वर्षअघि ३० विलियन डलर सम्पत्ति भएका मस्कको सम्पत्ति पछिल्लो १२ महिनामा १५० विलियन डलरले बढेको छ। जुन, तीव्र गतिमा सम्पत्ति बढेको पहिलो कीर्तिमान हो।
सीईओ मस्कसँग टेस्लाको २० प्रतिशत सेयर छ। सेयर मूल्य निरन्तर सुधार आउनुका साथै जेफ बेजोसको डिभोर्स हुँदा मस्कलाई फाइदा पुगेको बताइएको छ।
" /> काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क संसारकै धनाढ्य व्यक्ति बनेका छन्। उनले यसअघि विश्वको धनाढ्य व्यक्तिको सूचीमा रहेका अमेजनका संस्थापक जेफ बेजोसलाई पछाडि पारेका हुन्।नव धनाढ्य मस्कको कुल नेटवर्थ १८८ विलियन अमेरिकी डलरभन्दा पनि बढी छ। खासगरी, पछिल्लो समय टेस्ला कम्पनीको सेयर मूल्यमा निरन्तर उछाल आउँदा मस्क नवधनाढ्यको रूपमा उदाएका हुन्।

">