काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेको अर्थतन्त्रको संरचनाले मध्यकालीन र दीर्घकालीन लगानी मागीरहेको बताएका छन् ।
ग्लोबल आईएमई र जनता बैंक गाभिएको घोषणा कार्यक्रममा अर्थमन्त्री खतिवडाले परिवर्तन हुँदै गएको अर्थतन्त्रको संरचनाले ठूलो लगानी मागिरहेको बताएका हुन् । अहिले देश निरन्तर आर्थिक वृद्धिको बाटोमा अघि बढेको र आउँदो वर्ष आर्थिकबृद्धि अझै उच्च हुने बताउँदै अर्थमन्त्री खतिवडाले ठूलो र दीर्घकालीन लगानीको आवश्यकता औंल्याए । उनले भने “अहिले हामी अल्पकालीन उपायबाट दिगो उच्च आर्थिक बृद्धि हासिल गर्न सक्दैनौं । अर्को पाँच वर्षसम्म उच्च आर्थिक वृद्धिमा जाने हो भने अहिले ठूला पूर्वाधारका क्षेत्रमा ठूलै लगानी नगरी सम्भव छैन । ”
ठूलो पूँजी र कारोबार भएको बैंकहरु हुँदा आर्थिक वृद्धिसँग पनि विशेष तालमेल रहने उनको भनाई छ । ठूला बैंकहरु मर्ज हुँदा ठूलो ऋण लगानी हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले भने, " ठूला बैंकहरु मर्जरमा जाँदा १०/१२ अर्वका आयोजनामा एउटै बैंकले फाईनान्स गर्ने अवस्था बन्न सक्छ।”
अर्थ मन्त्री खतिवडाले आर्थिक परिसूचक राम्रो हुँदै गएको तथा समग्र लगानीको बातावरण सुध्रिँदै गएको पनि बताए। लगानीयोग्य पूँजीको उपलब्धता बढ्दै गएको र बैंकमा तरलताको अभाव हुने कुनै कारण आफुले नदेखेको उनको भनाइ छ । ठूला बैंकले आफ्ना व्यवसायीलाई ठूलो बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो।
कार्यक्रममा राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालले बैंक मर्जर प्रक्रियालाई राष्ट्र बैंकले निरन्तरता दिने स्पष्ट पारे । ग्लोबल आईएमई र जनता बैंकले एकीकृत कारोबार शुरु गर्नुलाई गभर्नर नेपालले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरु उत्साहित छन् उदाहरण भएको बताए ।

ठूला र दीर्घकालीन लगानी आवश्यक: अर्थमन्त्री (भिडिओसहित): Dekhapadhi
ठूला र दीर्घकालीन लगानी आवश्यक: अर्थमन्त्री (भिडिओसहित)