"> प्रेस सल्लाहकार भन्छन्– ‘घाउ निको भएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे निर्णय’: Dekhapadhi
प्रेस सल्लाहकार भन्छन्– ‘घाउ निको भएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे निर्णय’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा निको भएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्णय लिइने बताएका छन्।

“घाउ निको भएपछि मिर्गौला प्रत्यारोपण गर्ने वा नियमित डायलासिस गर्ने भन्नेबारे छलफल हुनेछ”, थापाले देखापढीसँग भने, “प्रत्यारोपण गर्ने कि नगर्ने, गरेमा देशभित्रकै अस्पतालमा गर्ने कि विदेशमा भन्नेबारे निर्णय प्रधानमन्त्रीले गर्नुहुनेछ।”

प्रधानमन्त्री ओलीको अमेरिका, सिंगापुरमा मिर्गौला प्रत्यारोपण गर्न लागिएको भन्ने चर्चामा कुनै सत्यता नभएको समेत उनले बताए।

चिकित्सकहरूले केही समय आरामको खाँचो रहेको बताएकाले प्रधानमन्त्रीले केही समय बालुवाटारस्थित निवासबाटै अत्यावश्यक भेटघाट–बैठक गर्ने उल्लेख गर्दै थापाले केही समयपछि प्रधानमन्त्रीले आफ्ना नियमित काममा सक्रियता बढाउने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्