अब रारा तालमा पनि फोरजी सेवा

मुगु। नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो।

हिजाेदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर प्रेमबहादुर क्षेत्रीले बताए।

नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर क्षेत्रीसहित चारजनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै छ।

उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनियर क्षेत्रीले जानकारी दिए।

टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो।

उनका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरू गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्