नेपालकाे फाइनल पुग्ने सम्भावना जीवितै
काठमाडौं। करण केसीको आक्रमक ब्याटिङप्रेरित नेपालले आज माल्दिभ्सलाई ८४ रनले हराउँदै १३औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ।

जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ।

नेपाल तेस्रो स्थानमा छ।

नेपालले फाइनलमा स्थान पक्का गर्न अब भाेलि, बंगलादेशलाई हराउनुको विकल्प छैन।

दुई खेलबाट ४ अंक जेडेको बंगलादेश दोस्रो स्थानमा छ।

बंगलादेशले अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ।

श्रीलंका ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो।

नेपालका लागि करणले १६ बलमा २ चौका र ४ छक्कासहित अविजित ४० रन बनाए।

दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान १९ रन जोडे।

आरिफ शेखले १७ रन बनाए। पारस खड्का ११ र रोहितकुमार पौडेलले १० रन बनाए।

माल्दिभ्सका लीम शाफिगले ३ विकेट, अमील माउरुफले २ र उमर एडम तथा मोहमद माहफुजले समान १-१ विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले ६ विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो। ओपनर मोहम्मद अज्जमले बनाएको अविजित १७ रन नै माल्दिभ्सका ब्याट्सम्यानले बनाएको सबभन्दा ठूलो स्कोर हो।

नेपालका सुशन भारी र ललितनारायण राजवंशीले समान २-२ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्