भारोत्तोलनमा विकासले नेपाललाई दिलाए स्वर्ण

काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनको ८९ किलो तौल समूहमा विकासले स्वर्ण पदक जितेका हुन्। भारोत्तोलनमा नेपालले पुरुषतर्फ स्वर्ण पदक जितेको यो दोस्रो पटक हो। यसअघि कमलबहादुर अधिकारीले श्रीलंकाको कोलोम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।

विकासले ८९ किलो तौल समूहको स्न्याचतर्फ १ सय २३ किलो र क्लिन एण्ड जर्कतर्फ १ सय ४६ किलो गरी समग्रमा २ सय ६९ किलो भार उचालेका थिए। रजत पदक जित्ने बंगलादेशका मोहम्मद सकायत होसैनले स्न्याचतर्फ १ सय २३ किलो र क्लिन एण्ड जर्कतर्फ १ सय ४५ किलो गरी समग्रमा २ सय ६८ किलो भार उचालेका थिए।

पुरुष ८१ किलो तौल समूहमा पाकिस्तानले स्वर्ण, भारतले रजत र श्रीलंकाले कांस्य पदक जित्यो।

आजै कमलबहादुरले कांस्य पदक जितेका थिए। कमलबहादुरले पुरष ७८ किलो तौल समूहमा कांस्य पदक जितेका हुन्। आजै प्रकाश केसीले पनि ७३ केजी तौल समूहमा कांस्य पदक जितेका थिए।

विकासले १२औं सागमा रजत पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्