पाैडीमा गाैरिकालाई अर्काे स्वर्ण
काठमाडाैं। गौरिकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पौडीमा अर्काे स्वर्ण पदक जितेकी छन्।

गौरिकाले आज २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्।  उनले २ मिनेट १७.७३ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा भारतकी मन्नु राजिव पटेलले २ मिनेट २०.७१ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। श्रीलंकाकी गंगा सेनले २ मिनेट २७.२५ सेकेण्डमा दुरी पूरा गर्दै काश्य पदक जितिन्।

१९ मंसीरमा साग इतिहासमै पौडीमा व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण पदक जिताएकी गौरिकाको यो दोस्रो स्वर्ण पदक हो।

२ सय मिटर फ्रिस्टाइलमा गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन्। पौडीमा यसअघि आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, स्तुती सिंह र रुना प्रधानको टोलीले ४ गुणा १०० मिटर रिलेमा टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो।

गौरिकाले १२औं सागमा पनि १ रजत र १ काश्य पदक जितेकी थिइन्। उनले यस सागमा १२ स्पर्धामा भाग लिएकी छिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्