एकै ठाउँमा सुदूरपश्चिमका कलाकार

काठमाडौं। सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका कलाकारले एकैठाउँमा सांस्कृतिक प्रस्तुति दिने भएका छन्।

सुन्दरपश्चिम विकास मञ्चको आयोजनामा २८ मंसीरमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम हुँदैछ।

कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहने प्रस्तुति रहने मञ्चका अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

कार्यक्रमको दिउँसो २ बजे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको भट्टको भनाइ छ।

कार्यक्रममा बिनोद बाजुराली, अराज केशव, महेश आउजी, चक्र बम, भीम केसी, मोहन अवस्थी, पुष्पा बोहरा, रेखा जोशीलगायत ३० बढी कलाकारको प्रस्तुति रहनेछ।

यस्तै लोकप्रिय नृत्य समूहका देबु ओराले समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम छ।

“काठमाडौंमा बस्ने अन्य ठाउँका मानिसहरूलाई सुदूरपश्चिमको कलासंस्कृतिको प्रचारप्रसार गर्न कार्यक्रम आयोजना गर्ने जमर्को गरेका हौं,” भट्ट भन्छन्।

कार्यक्रम प्रवेशका लागि पाँच सय र एक हजार गरी दुई प्रकारको टिकटको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्