‘माछा माछा’ र ‘माया पिरिम’को भिडन्त

काठमाडौं। आजदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।

सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम–कमेडी चलचित्र ‘माछा माछा’ र टेक पौरखी राईद्वारा निर्देशित लभस्टोरी चलचित्र ‘माया पिरिम’ आजदेखि प्रदर्शनमा आएका हुन्।

‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, माओत्से गुरुङ, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्।

चलचित्र रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘माछा माछा’ को सह–निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन्।

चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ। तीन बेरोजगार युवा पैसा कमाउन गर्ने दौडधुपमा आधारित भएर फिल्म निर्माण गरिएको छ।

त्यस्तै ‘माया पिरिम’मा अभिनेता कोशिष क्षेत्री र नव–अभिनेत्री किरण चन्द प्रमुख भूमिकामा छन्।

फिल्मका कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल हुन्। प्रविन थापा र सविन अधिकारी निर्माता तथा मोहन मरासैनी र युवराज दाहाल सह–निर्माता रहेको चलचित्रमा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्