काठमाडौं। अनलाइन प्लेटफर्मका मालिकले अभिव्यक्ति स्वतन्त्रता तय नगर्ने जर्मनीकी चान्सलर एन्जेला मर्केलले सोमबार बताएकी छन्। उनले भनिन्, ‘‘स्वतन्त्र विचार मौलिक अधिकार हो र यसमा कुनै पनि मूल्यमा बाधा पार्नु हुँदैन। यसलाई कानुनको माध्यमबाट वा संविधानको परिभाषित ढाँचामित्र रहेर मात्रै कम वा नियन्त्रण गर्न सकिन्छ।’’
पछिल्लो समय संसारभर नै अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर, फेसबुक तथा अन्य सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लागेपछि संसारभर पुनः एक पटक अभिव्यक्ति स्वतन्त्रताबारे बहस सुरू भएको छ।
कतिपय मानिस ट्रम्पको सोसल मिडिया अकाउन्टमाथि कम्पनीहरूले लगाएको प्रतिबन्धको निन्दा गरिरहेका छन्। अर्कोतिर, कतिपयले यसलाई भविष्यमा हुन सक्ने हिंसा रोक्न जरुरी कदम भनिरहेका छन्।
यसै सन्दर्भमा चान्सलर मर्केलले आफ्नो विचार सार्वजनिक गरेकी हुन्। उनका प्रवक्ताले यो भनाइलाई मिडियामा पठाएका थिए। यसमा भनिएको छ- विचारको स्वतन्त्रता प्राथमिक महत्वको एक मौलिक अधिकार हो र यसमा हस्तक्षेप गर्न सकिँदैन। यसमा केवल कानुनको माध्यमबाट विधायिकाले परिभाषित ढाँचामा अडेर केही गर्न सकिने पनि उनले बताइन्। उनले सोसल मिडियाका अधिकारीको निर्णयअनुसार कसैको पनि अकाउन्टमाथि प्रतिबन्ध लगाउन नमिल्ने जिकिर गरिन्।
ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध
अमेरिकी संसद्मा भएको हमलापश्चात् सोसल मिडिया प्लेटफर्म ट्विटरले जनवरी ९ तारिखमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमा स्थायी प्रतिबन्ध लगाएको थियो। ट्विटरले ट्रम्पको अकाउन्टबाट भविष्यमा हिंसाको आशंका भएकाले स्थायी प्रतिबन्ध लगाएको बताएको थियो।
उता, उनको फेसबुक अकाउन्टमा पनि जनवरी ७ मा प्रतिबन्ध लगाइएको थियो। फेसबुकले पनि संसद्मा भएको हमलालाई कारण बताएको थियो। फेसबुकका प्रमुख मार्क जुकरबर्गले भनेका थिए, ‘‘ट्रम्पलाई फेसबुकमा पोस्ट गर्ने अनुमति दिनु निकै जोखिम र खतरनाक छ। उनको पोस्ट हटाइदिने फैसला हामीले गरेका छौं किनकि, त्यसले आगामी दिनमा हिंसा भड्काउन सक्छ।’’
(एजेन्सी)
" /> काठमाडौं। अनलाइन प्लेटफर्मका मालिकले अभिव्यक्ति स्वतन्त्रता तय नगर्ने जर्मनीकी चान्सलर एन्जेला मर्केलले सोमबार बताएकी छन्। उनले भनिन्, ‘‘स्वतन्त्र विचार मौलिक अधिकार हो र यसमा कुनै पनि मूल्यमा बाधा पार्नु हुँदैन। यसलाई कानुनको माध्यमबाट वा संविधानको परिभाषित ढाँचामित्र रहेर मात्रै कम वा नियन्त्रण गर्न सकिन्छ।’’पछिल्लो समय संसारभर नै अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर, फेसबुक तथा अन्य सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लागेपछि संसारभर पुनः एक पटक अभिव्यक्ति स्वतन्त्रताबारे बहस सुरू भएको छ।

">