नेपालले जित्यो ४१ स्वर्ण पदक

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले हालसम्म ४१ वटा स्वर्ण जितेको छ।

नेपालले आज थप पाँच स्वर्ण जितेको हो।

नेपालका लागि आज भारोत्तोलनमा ८९ किलो तौल समूहमा विकास थापाले स्वर्ण पदक जिते।

भारोत्तोलनमा नेपालले पुरुषतर्फ स्वर्ण पदक जितेको यो दोस्रो पटक हो।

विकासले स्न्याचतर्फ १२३ किलो र क्लिन एण्ड जर्कतर्फ १४६ किलो गरी समग्रमा २६९ किलो भार उचालेका थिए।

त्यस्तै, गौरिकाले पौडीमा अर्को स्वर्ण पदक जितेकी छन्।

गौरिकाले आज २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्।

उनले २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन्।

त्यस्तै गल्फमा नेपालले आज दुई स्वर्ण पदक जितेको छ।

पुरुष व्यक्तिगत स्पर्धा सुवास तामाङले स्वर्ण पदक जितेका हुन्।

टीम इभेन्टमा पनि नेपालले स्वर्ण जित्यो। टीममा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ थिए।

सागमा गल्फ समावेश गरिएको यो पहिलो पटक हो।

गल्फमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

त्यस्तै एथलेटिक्सतर्फ गोपिचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन्।

प्रतिक्रिया दिनुहोस्