टेबलटेनिसमा नेपाललाई चार पदक

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को टेबलटेनिसमा नेपालले चार पदक जितेको छ।

लैनचौरस्थित टेबलटेनिस हलमा १६ मंसीरमा भएको प्रतियोगितामा नेपालले पुरुष टीम इभेन्टमा रजत, महिला टीम इभेन्टमा कांस्य, पुरुष व्यक्तिगत स्पर्धामा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कांस्य पदक हात पारे।

भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा व्यक्तिगत स्पर्धातर्फ पहिलो पटक पदक जितेका हुन्।

आज बिहान सम्पन्न सेमिफाइनलमा स्यान्टु भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए।

उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए।

अर्को सेमिफाइनलमा पुरुषोत्तम भारतीय खेलाडी हर्मित देशाईसँग ४–० को सेटमै पराजित भए।

उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भएका हुन्।

सागमा नेपाललले पुरुष टीम इभेन्टमा ऐतिहासिक रजत पदक जित्यो। शिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टीम पहिलो पटक टीम इभेन्टको फाइनलमा पुगेको थियो।

टेबलटेनिसमा चौथो पदक महिला टीम इभेन्ट्समा नेपालले कांस्य जितेको थियो। नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवालको टोलीले कांस्य जितेको थियो।

प्रतिक्रिया दिनुहोस्