फेन्सिङमा भारतलाई तीन स्वर्ण

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग)को फेन्सिङमा भारतले आज तीन स्वर्ण पदक जितेको छ।

भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण पदक जितेको हो।

पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले का‌ंस्य पदक जिते।

पुरुषकै साबरमा भारतका करण सिंहले स्वर्ण पदक जिते। उनले फाइनलमा भारतकै कुमरेसन पद्म गिसोनिधिलाई पराजित गरेका हुन्।

बंगलादेशका बिपुल मोहमद इफ्ता खरुल आलम र श्रीलंकाका रोसन अराचेगले कांश्य पदक जिते।

महिलाको फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण पदक जित्यो।

भारतकी थोइबी देवी वाङ्गेलबमले स्वर्ण, भारतकै राधिका प्रकाश अवातीले रजत, बंगलादेशकी मोहिमा अख्तर र रमा सिंहले कांस्य पदक जिते।

प्रतिक्रिया दिनुहोस्