ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण
पोखरा। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनमा आज भारतले ६ वटा स्वर्ण पदक जितेको छ।

पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा ७ स्वर्ण पदकका लागि भएको खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो।

अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ।

भारतले महिला सिंगल, पुरुष सिंगल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो। श्रीलंकाले महिला सिंगलमा स्वर्ण पदक जित्न सफल भयो।

भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन्। उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८, २५–२३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जितिन्।

पुरुष एकलतर्फ सिरिल वर्माले भारतकै आर्यमान टण्डनलाई १७–२१, २३–२१, २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते।

यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१, २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते।

रजत पदक भने श्रीलंकाले जित्यो।

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते। रजत पदक भने श्रीलंकाले जितेको छ।

महिला डबल्समा श्रीलंकाकी थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१०, २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते। रजत पदक पनि श्रीलंकाले नै जितेको हो।

प्रतियोगितामा यसअघि नेपालले ब्याडमिन्टनमा पाँचवटा कांस्य पदक जितेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्