काठमाडौं। सेना दिवसको तयारीमा रहेको समय भारतका सेना प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान र चीन मिले भने भारतलाई खतरा हुने चिन्ता प्रकट गरे। मिडियासँग कुरा गर्दै उनले ती दुई देश भारतप्रति कपटपूर्ण सोच राखेर एकअर्कासँग मिलेर अघि बढिरहेको कुरा स्पष्ट भएको जिकिर गरे। यो समाचार भारतको जनसत्ता अखबारले विश्वसनीय सूत्रको हवाला दिँदै प्रमुखताका साथ छापेको छ।
नरवणेले मिडियासामु भने, ‘‘पाकिस्तान र चीन मिलेर गम्भीर खतरा निर्माण गरिरहेका छन्। तिनको कपटपूर्ण सोचबाट उत्पन्न हुन सक्ने खतरालाई नजरअन्दाज गर्न सकिँदैन।’’
भारत दुईवटा मोर्चामा खतरासँग डट्न तयार रहनुपर्ने उनको भनाइ थियो। उनले थपे, ‘‘चीन र पाकिस्तानबीच सैन्य तथा असैन्य क्षेत्रमा सहयोग बढिरहेको छ।’’ उनले भूराजनीतिक घटनाक्रम र खतराको आधारमा आफ्नो तयारीलाई परिवर्तन गरिने पनि उनले बताए।
भारतलाई सानो भूगोल र आवादी भएको उसको निकटतम छिमेकी अर्को बृहत् देश चीनसँग मिल्छ भनेर पनि उत्तिकै चिन्ता छ। सोही चिन्ताका कारण उसले आफ्ना शीर्ष तथा प्रभावशाली अधिकारीहरूलाई निरन्तर नेपाल भ्रमणमा पठाइरहेको छ। गत अक्टोबरदेखि नोभेम्बरसम्ममा उसले रिसर्च एन्ड एनालिसिस विङ (रअ)का निर्देशक सामन्तकुमार गोयल, विदेश सचिव हर्षवर्द्धन शृंगला तथा सेना प्रमुख नरवणेलाई नेपाल पठाइसकेको छ।
पछिल्लो पटक सैनिक फिर्ताका साथै सीमामा उत्पन्न तनाव कम गर्न भारत र चीनबीच एक सम्झौता भएकोमा उनले खुसी पनि व्यक्त गरे। उनले भने, ‘‘मलाई विश्वास छ, आपसी तथा समान सुरक्षाका आधारमा यो मुद्दाको समाधान खोज्न सकिन्छ।’’
त्यसो त, भारतलाई सानो भूगोल र आवादी भएको उसको निकटतम छिमेकी अर्को बृहत् देश चीनसँग मिल्छ भनेर पनि उत्तिकै चिन्ता छ। सोही चिन्ताका कारण उसले आफ्ना शीर्ष तथा प्रभावशाली अधिकारीहरूलाई निरन्तर नेपाल भ्रमणमा पठाइरहेको छ। गत अक्टोबरदेखि नोभेम्बरसम्ममा उसले रिसर्च एन्ड एनालिसिस विङ (रअ)का निर्देशक सामन्तकुमार गोयल, विदेश सचिव हर्षवर्द्धन शृंगला तथा सेना प्रमुख नरवणेलाई नेपाल पठाइसकेको छ।
यति हुँदाहुँदै पनि नेपाल र भारतबीच सीमा सन्दर्भमा सैन्य स्तरमा कुनै असमझदारी देखिएको छैन। जति पाकिस्तान र भारतबीचको सम्बन्ध चिरा परेको छ, त्यति नेपाल-भारतबीच छैन। पछिल्लो समय खराब प्रतिस्पर्धात्मक राजनीतिमा उत्रिएका छन् भारत र चीन। यी दुई देशबीचको सम्बन्ध थप खराब हुने संकेत प्रशस्त देखिएका छन्।
नेपाल र भारतबीच राजनीतिक स्तरमा देखिएको सीमा विवाद समाधानका लागि नेपालले निरन्तर पहल गरे पनि त्यसलाई बेवास्ता गर्दै आएको छ। कालापानी, लिपुलेखजस्ता प्रमाणित नेपाली भूभागमाथि भारतले दाबी गर्दै आएको छ। ती क्षेत्रमा उसले सडक निर्माणको उद्घाटन नै गरेर हेपाहा व्यवहार देखाएको छ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि बिहीबार भारत (नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन) भ्रमणमा जाँदै छन्। केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिएरै छाड्ने छौं कालापानी, लिपुलेख’ भनेर बाचा गरेका थिए। प्रधानमन्त्री ओलीको बाचा परराष्ट्रमन्त्री ज्ञवालीले कति पूरा गर्न सक्लान्, त्यो भने हेर्न बाँकी नै छ।
नेपाल र भारतबीच सीमा विवादका साथै बेलाबखत हुने नाकाबन्दीका कारण सम्बन्धमा चिसोपन बढ्दै आएको छ। कतिपय सन्धिहरू असमान भएका कारण त्यसको पुनरवलोकनका निम्ति गरिएको आग्रहको सुनुवाइ भएको छैन। त्यतिमात्र होइन, दुवै देशको सहमतिमा बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनसमेत भारतले बुभ्mन मानेको छैन। दुई देशबीचको १९५० का साथै अन्य सन्धि-सम्झौता पुनरवलोकनका लागि २०७३ सालमा ईपीजी गठन गरिएको थियो। ईपीजीको म्याद दुई वर्षमात्रै थियो।
यसै सन्दर्भमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि बिहीबार भारत (नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन) भ्रमणमा जाँदै छन्। केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिएरै छाड्ने छौं कालापानी, लिपुलेख’ भनेर बाचा गरेका थिए। प्रधानमन्त्री ओलीको बाचा परराष्ट्रमन्त्री ज्ञवालीले कति पूरा गर्न सक्लान्, त्यो भने हेर्न बाँकी नै छ।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। सेना दिवसको तयारीमा रहेको समय भारतका सेना प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान र चीन मिले भने भारतलाई खतरा हुने चिन्ता प्रकट गरे। मिडियासँग कुरा गर्दै उनले ती दुई देश भारतप्रति कपटपूर्ण सोच राखेर एकअर्कासँग मिलेर अघि बढिरहेको कुरा स्पष्ट भएको जिकिर गरे। यो समाचार भारतको जनसत्ता अखबारले विश्वसनीय सूत्रको हवाला दिँदै प्रमुखताका साथ छापेको छ।नरवणेले मिडियासामु भने, ‘‘पाकिस्तान र चीन मिलेर गम्भीर खतरा निर्माण गरिरहेका छन्। तिनको कपटपूर्ण सोचबाट उत्पन्न हुन सक्ने खतरालाई नजरअन्दाज गर्न सकिँदैन।’’

">