काठमाडौं। वाणिज्य बैंकहरुको लक्ष्य हुन्छ– वित्तिय बजारमा प्रतिस्पर्धीलाई उछिनेर सकेसम्म बढी मुनाफा आर्जन गर्ने। आम उपभोक्ताको गुनासो नै हुन्छ– बैंकरू सकेसम्म चर्को ब्याज असुल्छन्, निक्षेप र कर्जाको ब्याजदरबीच ठूलो अन्तर राख्छन्, अनि कर्जा प्रवाह गर्दा विभिन्न शुल्कको नाममा मोटो रकम असुल्छन्। बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका यस्ता गतिविधिलाई नियमन गर्न नसकेको उपभोक्ताको आरोप हुने गर्छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने राष्ट्र बैंकका गभर्नर चिरञ्जीबि नेपालले बैंकहरुका गतिविधिलाई निगरानीमा राखिएको भन्दै चर्को शुल्क नअसुल्न चेतावनी दिए। उनले बढी नाफा कमाउने उद्देश्य भन्दा सेवाप्रवाहमा जोड दिन समेत बैंकरहरूलाई आग्रह गरे।
जनता बैंक र ग्लोबल आईएमई बैंकले एकीकृत वित्तिय कारोबार शुरू गर्न लागेको औपचारिक कार्यक्रम उद्घाटनमा बोल्ने क्रममा गभर्नर नेपालले बैंकरहरूलाई नाफा सँगसँगै देशको आर्थिक बृद्धिमा सहयोग गर्न अपनि आग्रह गरे। यस्ता छन्, गभर्नर नेपालले बैंकरहरुलाई दिएका सात सुझावहरुः
१. ठूला बैंकहरू पनि मर्जरमा जानुस्
गर्भनर नेपालले ठूला तथा साना सबै बैंक र वित्तिय संस्थाहरुलाई जतिसक्दो चाँडो मर्जरमा जान आग्रह गरेका छन्। एकातिर आर्थिक व्ययभार कम हुने, अर्कोतिर ठूलो लगानीको वातावरण निर्माण गर्न पनि बैंकहरू मर्ज गरेकै राम्रो हुने उनको भनाइ छ। व्यवसायी तथा बैंकको सञ्चालक पनि आफैं हुँदा समस्या बढेको तर्क गर्दै उनले भने, “राष्ट्र बैंकले मर्जर नीति निरन्तर अघि बढाइरहेको छ। ठूला बैंकहरू पनि मर्जरमा जाँदा राम्रो हुन्छ।”
२. प्रविधिमा बढी लगानी गर्नुस्
केही समय अघिमात्र विभिन्न बैंकको एटिएम ह्याक गरेर करोडौं रुपैयाँ चोरी भयो। त्यो विदेशीको सहयोगमा भएको चोरी थियो। एटिएम नै ह्याक गरेर पैसा चोरी भएपछि बैंकको साइबर सुरक्षा प्रमुख चुनौती देखिएको छ। यसलाई संकेत गर्दै गर्भनर नेपालले भने, “प्रविधिमा लगानी गर्न लोभ गर्दा तपाइँहरूमाथि बढी समस्या हुन्छ। त्यसैले कर्मचारीलाई आईटी तालिम दिनुहोस्, साइबर सुरक्षामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुहोस्।”
३. कर्मचारीलाई स्मार्ट बनाउनुस्
गभर्नर नेपालले बैंकमा दिइएको चेक कहाँ र कसलाई दिने भन्ने समेत जानकारी नभएका कर्मचारी बैंकहरुमा कार्यरत रहेको उल्लेख गर्दै त्यस्ता कर्मचारीका कारण बैंकले प्रगति गर्न नसकेको बताए। “बैंकहरुले तलदेखि माथिसम्मका कर्मचारीलाई तालीम दिनुपर्छ, त्यति डरलाग्दो अपराध भइसक्दा पनि बैंकहरू गम्भीर देखिएका छैनन्”, उनले भने, “राष्ट्र बैंकले यसलाई गम्भीर रुपमा लिएको छ। अब तपाइहरूको एचआर पनि राष्ट्र बैंकले नै हेर्नुपर्ने अवस्था आउन सक्छ। त्यसतर्फ समयमै सचेत हुनुहोला।”
४. राष्ट्र बैंकले निगरानी गरिरहेको छ भन्ने ख्याल गर्नुस्
गर्भनर नेपालले राष्ट्र बैंकले बैंकहरूका हरेक गतिविधि नियालिरहेको उल्लेख गर्दै बैंकहरुले के गरिरहेका छन्, कस्तो अवस्थामा चलिरहेका छन् र समस्या केमा छ भन्नेबारे निगरानी गरिरहेको बताए। “हामीले हरेक व्यक्ति र संस्थाबारे निगरानी गरिरहेका हुन्छौं”, उनले भने, “तपाईहरूलाई कति चित्त बुझ्छ होला, कति बुझ्दैन होला, तर राष्ट्र बैंकले निगरानी गरिरहेको हुन्छ। राष्ट्र बैंकले निगरानी गरिरहेको छ भन्ने ख्याल गर्नुस्।”
५. सुशासन र व्यवस्थापकीय क्षमता बढाउनुस्
राष्ट्र बैंकले हरेक बैंक र वित्तीय संस्थाको सुशासन तथा व्यवस्थापकीय क्षमतालाई निगरानीमा राखेको बताउँदै गभर्नर नेपालले सुशासन कायम गर्दै व्यवस्थापकीय क्षमतामा बढाउन सुझाव दिए। “बैंक तथा वित्तिय संस्थाहरूले सुशासन र व्यवस्थापकीय क्षमतालाई पहिलो प्राथमिकता दिनैपर्छ”, उनले भने, “सञ्चालकहरुले पनि यति नाफा कमाउनुहोस् भनेर सीइओलाई निर्देशन दिनुभएन्। दवाव दिनुभएन्। सीईओहरूले पनि राष्ट्र बैंकको नीति पालना गर्नुपर्छ।”
६. ब्याजदर र माग ख्याल गर्नुस्
ब्याजदर र उपभोक्ता–बजारको मागमा विशेष ख्याल गर्न पनि गभर्नर नेपालले बैंकरहरुलाई आग्रह गरे। “माग बढ्यो भन्दैमा ब्याज बढाउने र माग घट्दा ब्याजदर घटाउने परिपार्टी अन्त्य गर्नुपर्छ”, उनले भने, “राष्ट्र बैंकले बैंकरहरूलाई तीन प्रतिशत ब्याजदरमा ऋण दिइरहेको छ, त्यही अनुपातमा ग्राहकलाई ऋण दिनुस्।”
७. राष्ट्र बैंकको नीति–निर्देशन पूर्ण पालना गर्नुस्
बैंकहरूले नेपाल राष्ट्र बैंकले जारी गरेका हरेक नीति तथा निर्देशनको पूर्ण पालना नगरेको संकेत गर्दै उनले त्यसलाई कडाईपूर्वक पालना गर्न आग्रह गरे। “राष्ट्र बैंकले एक÷दुई बैंक तथा विक्तिय संस्थालाई मात्र हेरेर नीति तथा नियम बनाउँदैन भन्ने ख्याल गर्नुस्”, उनले भने, “राष्ट्र बैंकको नीति र निर्देशन म पालना गर्दिन, मान्दिन भनेर हुँदैन।”
" /> काठमाडौं। वाणिज्य बैंकहरुको लक्ष्य हुन्छ– वित्तिय बजारमा प्रतिस्पर्धीलाई उछिनेर सकेसम्म बढी मुनाफा आर्जन गर्ने। आम उपभोक्ताको गुनासो नै हुन्छ– बैंकरू सकेसम्म चर्को ब्याज असुल्छन्, निक्षेप र कर्जाको ब्याजदरबीच ठूलो अन्तर राख्छन्, अनि कर्जा प्रवाह गर्दा विभिन्न शुल्कको नाममा मोटो रकम असुल्छन्। बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका यस्ता गतिविधिलाई नियमन गर्न नसकेको उपभोक्ताको आरोप हुने गर्छ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने राष्ट्र बैंकका गभर्नर चिरञ्जीबि नेपालले बैंकहरुका गतिविधिलाई निगरानीमा राखिएको भन्दै चर्को शुल्क नअसुल्न चेतावनी दिए। उनले बढी नाफा कमाउने उद्देश्य भन्दा सेवाप्रवाहमा जोड दिन समेत बैंकरहरूलाई आग्रह गरे।

">