जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गरेका छन्।
जातीयता एवं धार्मिक सांस्कृतिक विविधताले सम्पन्न यस मुलुकमा मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गरिएको कुरा मुख्यमन्त्री तथा मुख्यमन्त्री सचिवालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस पर्वका माध्यमबाट नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण र सम्बर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।
उनले यस पर्वका अवसरमा तीलको लड्डु खिचडी, घ्यूका साथै तरुल, कन्दमूल र चाकुलगायतका परिकार खाएर एकापस साटासाट गरेर पर्व मनाउने गरिएको उल्लेख गरेका छन्। रासस
" /> जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गरेका छन्।जातीयता एवं धार्मिक सांस्कृतिक विविधताले सम्पन्न यस मुलुकमा मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गरिएको कुरा मुख्यमन्त्री तथा मुख्यमन्त्री सचिवालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

">