काठमाडौं। जुम्ला गोठीचौर गाउँपालिका गज्र्याङकोटकी लक्ष्मीकन्या बुढा २०५७ सालमा १३ वर्षकी थिइन्। देशमा सशस्त्र द्वन्द्व चरमउत्कर्षमा पुगेको थियो। जुम्लामा पनि त्यसको प्रभाव निकै बढी थियो। तत्कालीन विद्रोही समूह नेकपा माओवादीले गाउँघरमा अड्डा नै जमाएर बसेको थियो।
स्कूल पढ्दै गर्दा उनले द्वन्द्व र तिनीहरूका गतिविधि नियालिरहेकी थिइन्। हुनत सानै उमेर भए पनि माओवादी गतिविधिप्रति बढी चासो हुन्थ्यो। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, जनसभा, जुलुस आदिबाट उनी निकै प्रभावित थिइन्। त्यसरी प्रभावित हुनुको कारण उनीहरूले गर्ने भाषण तथा आश्वासन थियो।
“स्कूल पढ्दा माओवादीहरू गाउँघरमा सांस्कृतिक कार्यक्रम लिएर आउनुहुन्थ्यो। छलफलको क्रममा धेरैजसो गरिब, उत्पीडनमा परेकाहरूको मुक्तिको कुरा हुन्थ्यो। त्यहीँबाट म निकै बढी प्रभावित भएँ,” उनी भन्छिन्।
हुन पनि उनले आफ्नो घरपरिवार, गाउँघर समाज, टोल, विद्यालय सबैतिर विभेद देखेकी थिइन्, भोगेकी थिइन्। विशेषगरी महिलाहरू आफ्नै परिवारभित्र पनि दबिएर बस्नुपर्ने पुरातन सोचका कारण समस्या थियो।
तर, माओवादीले महिला मुक्ति र स्वतन्त्रताका कुरा गर्थे। “घरमै पनि आमा र बुबाबीच, दाजुभाइ र दिदीबहिनीबीच विभेद थियो। माओवादीहरू यस्तो विभेद पनि अन्त्य हुन्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो। जुन कुराले मलाई प्रभावित पारेको थियो। त्यसो हो भने स्वतन्त्र भइन्छ भन्ने लागेको थियो,” उनले भनिन्।
जनयुद्ध सकियो। तर, जुन कुरा भनिएको थियो, त्यो कुरा भने अझै प्राप्त नभएको उनको भनाइ छ। देशमा परिवर्तन आएपछि महिला मुक्ति आन्दोलन नसकिएको र त्यसको न्यायिक आन्दोलनका लागि लड्नुपर्ने भन्दै उनले किताब लेखेकी छन्।
त्यही भएर उनी १३ वर्षको उमेरमै माओवादी जनयुद्धमा होमिइन्। उनले महिला मुक्ति र स्वतन्त्रताका लागि आफ्नो ज्यानको बाजी थापेर जनयुद्ध लडिन्।

‘मुक्ति अभियान’ नामक पुस्तकमा उनले देशभरिकै महिला मुक्ति आन्दोलन र शोषणबारे उल्लेख गरेकी छन्।
कसरी लेखियो किताब?
जतिसुकै ठूलठूला क्रान्तिका कुरा गरे पनि क्रान्तिपछिको परिवर्तनले महिला तथा उत्पीडनमा परेका समुदायमा परिवर्तन आएको छैन। राजनीतिक पार्टी तथा नेताहरूका भाषणमा मात्र यस्ता कुरा सीमित हुन थाले। तर, जनता न उनीहरूको भाषण सुन्ने अवस्थामा छन्, नत पत्याउने पक्षमा छन्।
त्यसैले उनले महिला मुक्तिको न्यायिक आन्दोलन तथा अभियानका लागि आफ्ना विचारहरू पुस्तकमार्फत् ल्याउने विचार गरिन्। सोही आधारमा उनले पुस्तक लेखेकी हुन्।
उनलाई एकातिर महिला मुक्ति तथा उत्पीडनमा परेकाहरूको आन्दोलनलाई अगाडि बढाउनु छ भने अर्कोतिर महिलाहरू शारीरिक श्रममात्र गर्न सक्छन्, भन्ने समाजलाई मानसिक श्रम पनि गरेर देखाउनु छ।
“महिलाहरू मानसिक श्रम गर्दैनन्, शारीरिक श्रममात्र गर्छन् भन्नेविरुद्धको जवाफका लागि पनि मैले किताब लेखेकी हुँ। अवसर पाएको खण्डमा महिलाहरू पनि मानसिक श्रम गर्छन् भन्ने कुरालाई प्रमाणित गर्न खोजेकी हुँ,” उनले भनिन्।
पुस्तकमा समाजमा भएको कुरालाई प्रतिबिम्बित गरिएको छ। सबै हेर्दा गरिब, महिला तथा उत्पीडनमा परेकाहरूलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको उनको भनाइ छ।
“संविधानमा समानताको हकलाई मौलिक हकमा राखिएता पनि विभेदकारी प्रावधानहरू नै संविधानमा छन्। एकातिर संविधानले समानताको हकलाई मौलिक हक बनाएको छ भने अर्कोतिर विभेद पनि संविधानले नै गरेको छ,” उनले भनिन्।
“जनयुद्धकाल र अहिलेको अवस्था एकदमै फरक छ। जनयुद्धकालमा महिलाहरूले बढी स्वतन्त्रता पाएका थिए। त्यो बेला बढी स्वतन्त्रताको अनुभूति गरिएको थियो। अलिअलि मुक्ति आयो कि जस्तो भएको थियो। किनकि, समाज कार्यविभाजनको कुरा, मान मर्यादाका कुराहरूदेखि लिएर सबैको आत्मसम्मान पनि बराबरजस्तै थियो।”
अझै पनि पुरानो सामन्ती सोच, पितृसत्तात्मक सोच भएका पुरातनवादीहरू रहेको भन्दै त्यसविरुद्धको लडाइँ लड्न जरूरी रहेको उनको भनाइ छ। पितृसत्तात्मक सोच र चिन्तन महिलाको मात्र दुश्मन नभएर सिंगो समाजको विकास र समृद्धिको दुश्मन भएको उनको भनाइ छ। “त्यो सोचको विरुद्ध लड्नुपर्छ भन्ने उद्देश्यले यो किताब लेखेकी हुँ,” उनले भनिन्।
यसअघि उनका दुई कृति प्रकाशित भएका थिए। कर्णालीमा महिला भाग १ (२०७२) र भाग २ (२०७५) प्रकाशित भएका थिए। ती दुई कृतिमा उनले जनयुद्धकालमा ज्यान गुमाउनेहरूबारे तथा समग्र महिलाहरूको अवस्था कस्तो भन्ने उल्लेख गरेकी थिइन्।
उनलाई अहिलेभन्दा जनयुद्धकालमै महिलाको अवस्था राम्रो रहेको जस्तो लागेको छ। “जनयुद्धकाल र अहिलेको अवस्था एकदमै फरक छ। जनयुद्धकालमा महिलाहरूले बढी स्वतन्त्रता पाएका थिए। त्यो बेला बढी स्वतन्त्रताको अनुभूति गरिएको थियो। अलिअलि मुक्ति आयो कि जस्तो भएको थियो। किनकि, समाज कार्यविभाजनको कुरा, मान मर्यादाका कुराहरूदेखि लिएर सबैको आत्मसम्मान पनि बराबरजस्तै थियो।”
तर, अहिलेको समाज पुनः वर्गतर्फ उद्धत भएजस्तो देखिएको उनको भनाइ छ। “पुराना सबै पुरातन सोच चिन्तनहरू फेरि फर्किएजस्तो देखिएको छ। परिर्वतित कुराहरू पनि उल्टोबाट परिवर्तन भएको छ,” उनले भनिन्, “जनयुद्धकालमा पनि म आफू स्वयमले पनि अब त महिला मुक्ति आइहाल्यो भन्ने अनुभूति पाएको थिएँ। तर, अहिले फेरि त्यही समाज, त्यही घरपरिवार, त्यही प्रवृत्तिका मानिसहरू छन्। जसले पुरानै सोच तथा चिन्तन बोकेर हिँडेको जस्तो देखिन्छ।”
जनयुद्धमा त्यो कहालीलाग्दा क्षण...
उनले १३ वर्षकै उमेरमा जनयुद्धका हरेक क्षणलाई आफ्नो मन मस्तिष्कमा कैद गरेकी छन्। उनले निरन्तर पाँच वर्ष जनयुद्ध लडिन्। त्यो क्रममा उनले थुप्रै पटक मृत्युको कालबाट जोगिइन्।
“जनयुद्धको समयमा हामीसँगैका थुपै सहयोद्धाहरू सहिद भए। हामीहरू पनि थुप्रै ठाउँबाट बचेर आएका थियौं,” उनले विगतबारे भनिन्।
उनको मानसपटलमा जनयुद्धका थुप्रै लडाइँ अविस्मरणीय छन्। ती मध्ये एक पटक जुम्लाको तातोपानीमा मरेरै बाँचेकी थिइन्।
“तातोपानीमा हामीसँगै हिँडेका केही साथीहरू सहिद हुनुभयो। म त्यहाको इन्चार्ज सेक्रटरी थिए। त्यतिबेला हामीहरू बसिरहेको बेला आर्मी आएर गोली चलाए। र, दुई जना साथीहरू सहिद हुनुभयो। हामीहरू एक जनाले आफ्नो घरभित्र लुकाएर बाँचेका थियौं,” उनले भनिन्।
त्यस्तै जुम्लामै अर्को आक्रमणमा पनि परिन्। गाउँघरमा सेना आएको रहेछ। त्यही बेला उनीसँगैका साथीहरू मारिए, तर उनी ज्यान जोगाउन सफल भइन्।
“सेनाले सबैतिरबाट घेरा हालिसकेको थियो। हवाईफायर भइरहेको थियो। त्यो बेला पनि हामीहरू सीधै पुल पारि गएपछि बचेका थियौं। अन्य साथीहरू अर्को बाटोतिर गए। तर, उनीहरू सहिद भए। हामी भने अर्को बाटो गएका कारण बच्न सफल भएका थियौं,” उनले भनिन्।
उनी महिलामाथि हुने गरेको विभेद तथा शोषणबाट मुक्त हुने, विभेदकारी समाजको अन्त्य गर्नका लागि आफ्नो ज्यानको बाजी थापेर युद्धमा होमिएकी थिइन्। तर, अहिले फेरि सबै व्यवस्था उल्टिने खतरा देखिएको भन्दै अब न्यायिक लडाइँ तथा आन्दोलनका लागि नै आफूले किताब प्रकाशनमा ल्याएको लक्ष्मीकन्याको भनाइ छ।
" /> काठमाडौं। जुम्ला गोठीचौर गाउँपालिका गज्र्याङकोटकी लक्ष्मीकन्या बुढा २०५७ सालमा १३ वर्षकी थिइन्। देशमा सशस्त्र द्वन्द्व चरमउत्कर्षमा पुगेको थियो। जुम्लामा पनि त्यसको प्रभाव निकै बढी थियो। तत्कालीन विद्रोही समूह नेकपा माओवादीले गाउँघरमा अड्डा नै जमाएर बसेको थियो।स्कूल पढ्दै गर्दा उनले द्वन्द्व र तिनीहरूका गतिविधि नियालिरहेकी थिइन्। हुनत सानै उमेर भए पनि माओवादी गतिविधिप्रति बढी चासो हुन्थ्यो। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, जनसभा, जुलुस आदिबाट उनी निकै प्रभावित थिइन्। त्यसरी प्रभावित हुनुको कारण उनीहरूले गर्ने भाषण तथा आश्वासन थियो।

">