व्यापार-व्यवसायमा मन्दी, सेयरबजारमा उछाल

काठमाडौं। कोरोनाका कारण संसारमा करोडौं मानिसले रोजगारी गुमाए। कतिपय मुलुकले आफ्ना नागरिकलाई बेरोजगारी भत्ता दियो त कतिपयले हातमुख जोर्न पाएनन्। तर, २०२० को मार्च महिनामा आएको गिरावटपछि अहिले सेयरबजारमा अपत्यारिलो उछाल आएको छ।

प्रविधि कम्पनी न्यासड्याकको सेयरमा गत वर्षको अन्त्यमा ठूलो बढोत्तरी देखाप¥यो। त्यो कम्पनीको सेयरमूल्य ४२ प्रतिशतसम्म बढ्यो। अमेरिकामा देखिएको सबैभन्दा ठूलो उछाल थियो त्यो।

वर्षभरिमा एसएन्डपी५०० को सेयर १५ प्रतिशत माथि चढ्यो। तर, बेलायतको स्टक एक्सचेन्ज इन्डेक्स एफटीएसई१०० कोरोना महामारीका कारण संघर्ष गरिरहेका तेल कम्पनीहरु, बैंक, एयरलाइन्सका सेयर राम्रो अवस्थामा रहेनन्। गत वर्षको सुरुआतमा यसमा १४ प्रतिशत गिरावट आयो, तर पछिल्ला केही महिनादेखि सेयरमूल्य बढ्न थालेको छ। युरोपियन युनियनसँग ट्रेड डिल तथा भ्याक्सिनले अनुमति पाएपछि यी कम्पनीका सेयरमा बढोत्तरी हुन थालेका हुन्।

जापानमा भ्याक्सिन बनेपछि सेयरबजारमा उछाल देखिन थालेको छ। फर्मास्युटिकल स्टक्स तथा गेमिङ कम्पनीका सेयर बढोत्तरीमा अगाडि रहेका छन्। यति हुँदाहुँदै पनि सेयरबजारको पूरा आकलन भने गर्न सकिँदैन।

सस्तो पैसा

मनी म्यानेजर स्क्रडर्सका युके इक्विटिज प्रमुख स्यु नाफका भन्छिन्, ‘‘सेयरबजारको मूल्य अहिले र यसै समयको होइन, यो त कार चलाउनुजस्तै हो। कार चलाउनेले टाढाटाढासम्म हेर्नुपर्छ, नजिकको ढिस्को होइन।’’

भ्याक्सिन स्वीकृत हुनु र नयाँ भ्याक्सिन विकासको सफलताले सेयर बिक्री सामान्य हुने लगानीकर्ता बताउँछन्। लगानीकर्ताहरु अहिले सस्तो ऋणको प्रयोग गरिरहेका छन्, जुन कारोबारका लागि बरदान साबित भएको छ।

बेलायतको केन्द्रीय बैंक नै सस्तो ऋण कारोबारमा लागेको छ। बैंक अफ इङ्ल्यान्ड एक्लैले सरकार र कर्पोरेटको ८९५ बिलियन पाउन्डको बन्ड खरिद गर्ने योजना बनाएको छ।

यस्तो खरिदको उद्देश्य ऋण थप सस्तो पार्नु हो। जब यो पैसा बन्ड खरिदमा लगाइन्छ, तब अर्थव्यवस्थामा पैसा थपिन्छ। नाफका भन्छिन्, ‘‘यसबाट पैसाको मूल्यमा गिरावट भएको छ। यो सस्तो पैसाले वित्तीय सम्पत्तिको मूल्य बढाइदिने छ। हामी संसारभरको स्टकमार्केटमा यस्तै दृश्य देखिरहेका छौं।’’

सेयरबजारमा मूल्य प्रदर्शन हेर्दा हामी कम्पनीहरुको समूहको इन्डेक्स हेर्छौं। साना कम्पनीको प्रदर्शनको सट्टा ठूला कम्पनीको वृद्धिले इन्डेक्स भ्याल्युमा बढी प्रभाव पार्छ।

तर, अमेरिकामा ठूला कम्पनीहरु झनै ठूला भएका छन्। यो वर्ष प्रविधि (टेक) कम्पनीहरुको अवस्था राम्रो रह्यो। मानिसहरुले टाढाटाढा बसेर पनि काम गर्न पाएकाले आयमा वृद्धि हुन गयो।

न्यासड्याकले वर्षको सुरुआतमा राम्रै बढोत्तरी देख्यो। तर, केवल पाँच कम्पनी, गुगलको स्वामित्व भएको एल्फाबेट, माइक्रोसफ्ट, अमेजन तथा फेसबुकको मूल्य अन्य ९५ कम्पनीको लगभग पूरा मूल्यबराबर छ।

नाफका भन्छिन्, ‘‘सेयरबजार इन्डेक्स हेर्दा महामारीको असर अमेरिकी अर्थव्यवस्थामा नपरेको जस्तो देखिन्छ। तर, यस्तो होइन। जरुरी के छैन भने, इन्डेक्स हेरेर सबै कम्पनीको स्थिति अनुमान गर्न सकिँदैन।’’

कतिपय बजारले आफू स्वयम्लाई चलाउने नाफका बताउँछिन्। ‘‘थुप्रै मानिसको रोजगारी गुमेको छ, उनीहरु अहिले कम खर्च गरिरहेका छन्। सरकार पनि पछिल्लो संकटलाई दृष्टिगत गरेर मितव्ययी बाटो अपनाइरहेको छ,’’ उनी भन्छिन्। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्