म्याराथनमा पुष्पालाई रजत, श्रीलंकाकी विजयारत्नेले जितिन् स्वर्ण
काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत म्याराथनको महिलातर्फ श्रीलंकाकी हिरोनी केशरी विजयारत्नेले स्वर्ण पदक जितेकी छिन्।

नेपालकी पुष्पा भण्डारीले रजत पदक जितिन्।  श्रीलंकाकी विजयारत्नेले २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

नेपालकी पुष्पा भण्डारी २ घण्टा ५० मिनेट ११ सेकेण्डमा दुरी पूरा गरिन्।

काश्य पदक जित्ने भारतकी ज्योति गोवाटेले २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दुरी पूरा गरिन्।

म्याराथनमा महिलातर्फको  कीर्तिमान भारतकी  भि सथ्यमाभाको नाममा छ। उनले १९९५ मा २ घण्टा ३८ मिनेट १० सेकेण्डमा दुरी पूरा गरेर कीर्तिमान बनाएकी  हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्